• शुक्रबार-चैत-१६-२०८०

रंग विरंग : विवाह गर्न बैंक लुटपाट ?

 

 

उमेर पुगेपछि विहे त गर्नैपर्यो । अनि विहे गर्दा खर्च पनि गर्नै प¥यो । अब खर्चको जोहो चाहिं कसरी गर्ने त ? विहे गर्जो टार्ने कुरा निकै समस्या मानिन्छ । विहेका लागि खर्च जुटाउने कुनै उपाए नभए पछि अमेरिकाको टेक्सासका एकजना व्यक्तिले विवाह गर्नका लागि बैंक नै लुटेको खबर छ । करीब ३६ बर्षका हिथ बम्पसले आफ्नो विवाहको खर्च जुटाउनका लागि बैंकमा डकैती गरेका हुन् । हीथले औंठी तथा रिसेप्सन खर्च उठाउनका लागि बैंक लुटेका हुन् ।

 

जब यो कुरा उनको मंगेतरले थाहा पाइन, तब उनलाई आत्मसमर्पण गर्नका लागि मनाएकी थिइन । हिथ हतियारका साथ सिटीजन स्टेट बैंकमा प्रवेश गरेर बन्दुकको सहाराले त्यहाँ कर्मचारीहरूसँग पैसा माग गरे । प्रहरीले यस घटनाको भिडियो फेसबुकमा पोस्ट गरिदियो र जसले उनलाई पहिचान गर्दछ तुरुन्त सूचना दिन अपिल ग¥यो । फलस्वरुप हिथकी मंगेतरले फोन गरिन् र हिथलाई आत्मसमर्पण गर्न लगाइन । हिथले पनि आफ्नो मंगेतरको कुरा मान्दै आत्मसर्मपण गरे । 

प्रतिकृया दिनुहोस