🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इटहरी उपमहानगरको कागजात अख्तियारद्वारा जफत, बल्व खरिदमा ६० लाख बढी भ्रष्टाचार

इटहरी, मङ्सिर ७ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो ।

 उक्त सामग्री खरिद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ । उपमहानगरपालिकामा निर्वाचित पदाधिकारी आउँदाआउँदै भएको सिएफएल बल्व खरिदसम्बन्धी भ्रष्टाचारमा उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी एवं निर्वाचित पदाधिकारीसमेतको संलग्नता देखिएपछि त्यसको छानबिन अघि बढाइएको हो ।

उपमहानगरपालिकाभित्र सिएफएल खरिदसँगै फर्निचर खरिद, बालबालिका लक्षित कार्यक्रम र खेलकुदका सामग्री खरिद प्रकरणमा पनि लाखौं रकमको अनियमतिता भएका विषय बाहिर आउन थालेका छन् । यो प्रकरणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि २० वडामध्ये १२ वडामा विजयी नेपाली काँग्रेसका वडाध्यक्षले यो आर्थिक अनियमितताका विषयमा बुधबार अख्तियारका द्धारिकलाल चौधरीसँग छलफल गर्नुभएकोे एक वडाध्यक्षले जनाए ।

यस प्रकरणमा उपमहानगरका निर्वाचित पदाधिकारी जिन्सी शाखामा कार्यरत कर्मचारी, लेखाका कर्मचारी र उक्त सामग्री खरिदका लागि मूल्यसूचि प्रमाणीकरण गरी दिने उद्योग वाणिज्य संघका पदाधिकारी र एवं सामग्री उपलब्ध गराउने व्यापारीसमेत तानिन सक्ने सम्भावना रहेको खख्तियारसँगै राजस्वसम्बन्धी कार्यालयको समेत ध्यानाकर्षण भएको बताइएको छ । रासस