• बिहीबार-बैशाख-१३-२०८१

अन्तरघातको तीतो स्मरण गर्दै वामदेव कास्कीबाट निर्वाचन नलड्ने घोषणा 

 


   काठमाडौं । २०७४ मंसिरमा भएको  आम निर्वाचनमा बर्दियाको  क्षेत्र नम्बर एकबाट निर्वाचन लडेका र आफ्नै पार्टीका अन्तरघातीहरुले  जबर्जस्ती हराइएका वामदेव गौतमले २०७६ मङ्सिर १४ गते हुन गैरहेको उपनिर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

 

 बर्दियाबाट वामदेवले चुनाव जिते प्रधानमन्त्रीको प्रवल दावेदार र पार्टीको सिनियर नेता भएकाले उपप्रधानमन्त्री त  पक्कै हुन्छ भन्ने ठानेर केन्द्रदेखि जिल्ला तहसम्मका पार्टीका अन्तरघातीहरुले हराउन सफल भएका थिए।

 

कास्कीमा वामदेव गए फेरि ढालिन्छ भनेर एम्बुस थापेर, हतियार उदाएर बसेकाहरुलाई जवाफ दिंदै वामदेव गौतमले कास्की उप निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेर राम्रो गरेका छन् ।  


२०७६ असोज ४ गते साँझ वामदेव गौतमद्वारा जारी बक्तब्यमा भनिएको छ ''आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।''


''यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो ।'' '

 

''त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठ्नु  हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ । कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदार हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।''
 

प्रतिकृया दिनुहोस