• शुक्रबार-चैत-१६-२०८०

भाँडिएकै हो समाजवादी–राजपा एकता ? 

 

 

काठमाडौं । राजपा र समाजवादी नेपाल पार्टी एकताको मुद्दा अहिले सेलाएको छ । राजपाका अध्यक्ष मण्डलका दुई सदस्य पार्टी एकताको पक्षमा बढी नै खुलेका छन् । र, उनीहरू सकेसम्म छिटो एकता चाहिरहेका छन् । शरतसिंह भण्डारी र राजेन्द्र महतो अध्यक्ष मण्डलका दुई सदस्य बढी सक्रिय भएर लागेको श्रोत बताउछ । त्यसमा महन्थ ठाकुरको मौन समर्थन रहेको बताइन्छ । महेन्द्र राय यादव पनि विमति राखिरहेका छैनन । तर, समाजवादी पार्टी एकताको विपक्षमा भएको सन्देश नदिई असहमत देखिएको राजपा श्रोत बताउँछ ।

 

खासमा, राजपाका नेताहरूको व्यवस्थापनमा समस्या देखिने बुझेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव असहमत देखिएका हुन् । समाजवादीनिकट नेताहरूको भनाइमा अध्यक्ष मण्डलमा ६ जनालाई समेट्न सकिदैन । त्यसमा राजेन्द्र महतो र महन्थ ठाकुरलाई सम्बोधन गर्न सकिए पनि हिजो उपेन्द्र यादवको मातहमा बसेको शरतसिंह भण्डारी, राजकिशोर यादवलाई अध्यक्ष मण्डलमा स्वीकार्न समाजवादीका धेरै नेता सहमत नरहेको श्रोतको दावी छ ।

 

राजपाभित्रकै लडाइँ पनि अनिल झा र राजेन्द्र महतोबिच कहिल्यै कुरा मिल्दैन । उनीहरू पुरानो सद्भावना पार्टीदेखि नै झगडामा रमाउने गरेका थिए र पार्टी नै विभाजन गरेका थिए । तर, पछि अनिल झाले पार्टी चलाउन नसकेपछि राजपामा अन्तिम समयमा आएका हुन् । यता, राजेन्द्र महतो र उपेन्द्र यादवको मत पनि मिल्दैन । मधेश आन्दोलनका क्रममा दुईजनाको तिक्ततापूर्ण सम्बन्ध थियो । २०७२ सालमा राजेन्द्र महतो वीरगञ्ज क्षेत्रमा बसेर रक्सौलको भातभान्सा परिचालन गरेर नाका बन्द गराउनमा सक्रिय थिए ।

 

आन्दोलनभरको लामो समय महतो तराईमै बसे । तर, उपेन्द्र यादव त्यस अवधिमा काठमाडौंमा थिए । यादवको जिम्मा विराटनगर नाका बन्द गर्ने थियो । तर, त्यो नाका बन्द भएन ।  त्यही आक्रोशमा महतोले विराटनगर पुगेर नाका बन्द गराउने प्रयास गरेका थिए । त्यसपछि उनीमाथि प्रहरीले लाठीचार्ज गर्यो र भारतमा उपचारका लागि पठाईयो । यो तिक्ततापूर्ण सम्बन्ध व्यवहारमा मात्र होइन बोलेर पनि देखिएको थियो । 

 


त्यतिबेला मधेश मोर्चालाई महागठबन्धनको प्रस्ताव गरेर महतो एउटा धारको नेतृत्व गरिरहेका थिए भने संघीय गठनबन्धन बनाएर यादवले अर्को धारको नेतृत्व गरेका थिए । त्यतिबेला दुईजनाबिचको सम्बन्धका कारणले आन्दोलन नै प्रभावित भएको थियो र मधेशका कतिपय मुद्दामा पनि उनीहरूबिच विमति रहेको श्रोत बताउँछ । त्यसकारणले अहिले नै पार्टी एकता हुन्छ भन्न सकिने अवस्था छैन भन्छ श्रोत ।

 

स्तो अवस्थामा राजपाको एउटा समूह एकतामा नआउन सक्छ । महतो र यादवबिच सहमति जुटेको अवस्थामा पनि राजकिशोर यादव र अनिल झा एकतामा सहभागी नहुन सक्छन् । राजपाका एक नेताको भनाइमा राजेन्द्र महतो र उपेन्द्र यादव दुबैसँग सम्बन्ध सुमधुर नभएको अवस्थामा झा र राजकिशोर एकता भइहाले पनि नआउन सक्छन् । 
 

प्रतिकृया दिनुहोस