• शुक्रबार-बैशाख-७-२०८१

नारायणकाजी मेलम्चीमा किन जोडिए ?

 


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चीनको सीनो हाइड्रो कम्पनी प्रवेश गर्नै लाग्दा यो आयोजनाका प्रमुख सूर्यराज कँडेलललाई भने मन्त्रालय फिर्ता बोलाउने अन्तिम तयारी भएको खबर छ । ससुरा पुष्पकमल दाहाल र बुहारी बिना मगरबिचको द्वन्द्वको चपेटामा परेर आयोजना प्रमुख कँडेल खानेपानी तथा सरसफाई मन्त्रालयमा तानिन लागेका हुन् । 

 

२०७५ मंसिर २८ गते मेलम्ची खानेपानी आयोजनाबाट इटालियन ठेकेदार सीएमसी बाहिरिएदेखि नै मन्त्री मगर र आयोजना प्रमुख कँडेलसँगै खानेपानी मन्त्रालयका तात्कालीन सचिव दीपेन्द्रनाथ शर्माका बिचमा मतभेद उत्पन्न भएको थियो । मन्त्री मगर सीएमसीलाई नै फर्काएर मेलम्चीको बाँकी काम सम्पन्न गराउने पक्षमा थिइन भने खानेपानी मन्त्रालयका तात्कालीन सचिव शर्मा र आयोजना प्रमुख बाहिरिइसकेको ठेकेदार कम्पनी सीएमसीलाई फिर्ता बोलाएर काममा लगाउने पक्षमा थिएनन् । 


सचिव शर्मा र आयोजना प्रमुख कँडेल नयाँ ठेकेदारमार्फत आयोजनाको बाँकी काम सम्पन्न गर्ने पक्षमा थिए । आफ्नो यो प्रस्ताव मन्त्री मगरले अस्वीकार गरेपछि सचिव शर्मा र आयोजना प्रमुख कँडेल नेकपाका नेता नारायणकाजी श्रेष्ठको अगुवाईमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेका थिए र उनीहरूले मेलम्चीमा सीएमसीलाई फिर्ता ल्याउन नहुने तर्क अध्यक्ष दाहालसमक्ष गरेका थिए । 

 

आयोजना प्रमुख कँडेल र सचिव शर्माको तर्क सुनिसकेपछि नेकपा अध्यक्ष दाहालले थप छलफल गर्नलाई खानेपानी मन्त्री बिना मगरलाई पनि बोलाएका थिए । यो घटनापछि आफूलाई उपेक्षा गरेर आफ्ना ससुरामार्फत मेलम्ची खानेपानी आयोजनाको ठेकेदारका सम्बन्धमा निर्णय गराउन दबाब दिन थालेको भनेर खानेपानी मन्त्री मगर खानेपानी मन्त्रालयका तत्कालीन सचिव शर्मा र मेलम्ची खानेपानी आयोजनाका प्रमुख कँडेलसँग क्रुद्ध हुन पुगेको श्रोत बताउछ । 

 

यही कारणले गर्दा नै यो घटना लगत्तै खानेपानी मन्त्री मगरले सचिव शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गराएकी थिइन र मेलम्चीको काम अगाडि बढ्न नसकेको र अन्योलबाट नै गुज्रिराखेको हुनाले आयोजना प्रमुख कँडेलका सम्बन्धमा कुनै निर्णय नगरेकी खानेपानी मन्त्रीले मेलम्चीको बाँकी काम सिनो हाइड्रोमार्फत अगाडि बढ्ने निश्चित भएपछि उनलाई आयोजनाबाट हटाएर मन्त्रालयमा हाजिर गराउन केही दिनमा निर्णय गर्ने भएकी छिन् । मन्त्री बिना हाल अस्वस्थ भएर २०७६ भदौ २८ गते मेडीसेटी अस्पतालमा उपचारत रहेकाले कँडेलको सरुवा हुन सकेको छैन । 
 

प्रतिकृया दिनुहोस