🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियो – अध्यक्ष ओली 

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि वाम तालमेल भएको भन्दै भविश्यमा एउटै कम्युनिष्ट केन्द्र बनाएर देश विकास गरिने बताएका छन् ।  

उनले देशको आवश्यकताले वामपन्थीहरु एक हुनुपर्ने भन्दै अब देशमा स्थायी सरकार बन्ने र विकासका चरणहरु शुरु गरिने बताए । वामपन्थी सरकार निर्माण गरेर विकासका नीतिगत उद्देश्यहरु पूरा गरिने उनको भनाइ थियो । 

वाम गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पछि छिमेकीसँग हैसियतअनुसारको सम्बन्ध विस्तार गर्दै दीर्घकालीन सोचका साथ बलियो सरकार बन्ने छ भने । 

पूर्वप्रधानमन्त्री ओलीले देशको भविश्यका लागि र सन्तानको भविश्यका लागि वाम गठबन्धनलाई भोट हाल्न मतदातालाई आह्वान गर्दै भने, “देशको समृद्धिको लागि हामीलाई भोट हाल्नुहोस् ।” 

उनले कुनै बहानामा नेपालमाथि हुने नाकाबन्दी युग सकिएको बताउँदै भारतसँग काँग्रेसले सम्बन्ध बिगारेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको र चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको स्पष्ट पारे । 

विसं २०४६ तिर बुटवलका सडकमा हिँडिरहेको स्मरण गर्दै अध्यक्ष ओलीले जेलनेल खाएका कम्युनिष्ट नेताहरुलाई ‘लोकतान्त्रिक हुँ’ भन्न कसैसँग गुणस्तरको चिह्न लिन जरुरी नभएको बताए । 

अध्यक्ष ओलीले वाम गठबन्धनका रुपन्देहीका उम्मेदवारहरुलाई भोट माग्दै वाम उम्मेदवार यहाँका सक्षम नेताहरु रहेकाले जिताउन आग्रह गरे । सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले अबको लक्ष्य निर्वाचनपश्चात समाजवाद स्थापनाकै लागि वाम एकता आवश्यक रहेको बताए । 

उनले समाजवाद स्थापना अन्तिम लक्ष्य रहेको बताउँदै भने, “नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण अपरिहार्य छ, छिट्टै नै यसले मूर्त रुप लिनेछ ।”  माओवादी केन्दका नेता वामदेव क्षेत्रीको अध्यक्षतामा भएको आमसभालाई गठबन्धनका उम्मेदवार तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णुप्रसाद पौडेल र रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार घनश्याम भुसाल, माओवादी केन्द्रका नेता तथा रुपन्देही क्षेत्र नं ५ का उम्मेदवार डिलाराम आचार्यलगायतले सम्बोधन गर्दै समृद्ध मुलुक निर्माणका लागि वाम उम्मेदवारलाई भोट दिन आग्रह गरे । 

यता, कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताएका छन् ।  कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाए । 

उनले भने, “मेरो नेतृत्वको सरकारले चीन तिर जाने बाटो खोल्यो, अब नेपालका सामग्री चीन जान सक्ने भए, कसैले नाकाबन्दी लगाउन नसक्ने भए नेपालीको चुलो अब कसैले बल्न नदिने अवस्था रहेन त्यसैले आत्तिएर सरकार ढालियो ।”