• शनिबार-बैशाख-८-२०८१

ओलम्पिक निर्वाचन : काँग्रेसको पत्तासाफ !

 

 

काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीबाट प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष भनिएको समूह पराजित भएको छ । २०७६ भदौ २८ गते शनिबार भएको कार्यसमिति निर्वाचनमा पुनः जीवनराम श्रेष्ठकै नेतृत्वले बाजी मारेको छ । अर्थात् नेकपाभित्रैको गुटमा ओली पक्षलाई पछारेर माधवकुमार नेपाल पक्षको जित भएको छ ।

 

लगातार दोस्रो पटक एनओसीको नेतृत्व सम्हाल्ने क्रममा ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा भएको निर्वाचनमा जीवनरामले प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले हराएका हुन् । २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए । उमेशलालले १० मतमात्र पाए । 


चार वर्षअघि भएको निर्वाचनमा पनि उमेशलाल पराजित भएका थिए । त्यतिबेला २६ मतमध्ये जीवनरामले १७ मत पाउँदा उमेशलाल ९ मतमा सीमित भएका थिए । अहिले एक मत सुधार गरे पनि उमेशलालले चमत्कार गर्ने अपेक्षा खेर गयो । 


उमेशलाल केवल अध्यक्षका प्रत्यासीमात्र थिएनन् । उनी त सिंगै सरकारका प्रतिनिधि थिए । नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको आशीर्वाद पाएर लगातार दोस्रो पटक चुनाव लडेका थिए । यदि २०७६ भदौ २० गते नै चुनाव भएको भए सम्भवतः उमेशलालले हार्ने नै भए पनि भदौ २८ को चुनाव भने उमेशलालको पक्षमै हुने अनुमान खेलकुद क्षेत्रमा चुनाव अघि गरिएको थियो । प्रधानमन्त्री ओली पनि भदौ २० गते नै सिंगापुरबाट उपचार गराई फर्केका हुन् । उनी विदेशमा रहँदा खासै चुनावका लागि भनसुन भएको थिएन भन्ने चर्चा पनि भएको थियो । 


तर, सर्वोच्च अदालतले चुनावको आधिकारिकताको प्रश्न उठाएर भदौ २० गतेको चुनाव रोक्यो र २०७६ भदौ २२ गते मुद्दाबाहक पक्ष र ओलम्पिक लगायतलाई विपक्ष बनाएको समूहलाई बोलायो । सर्बोच्च अदालतबाट त्यहाँ अन्तरिम आदेश दिनु नपर्ने भएपछि ओलम्पिक पक्षले जित्यो र भदौ २८ गतेलाई चुनाव राखियो ।  


भदौ २८ गतेसम्म उमेशलालले आफ्नो पकड बलियो बनाउने निश्चित जस्तै रहेको थियो । पार्टी अध्यक्ष केपी ओली पक्षले सबै संघका प्रतिनिधिलाई बोलाएर जसरी पनि उमेशलाललाई जिताउ भन्ने छन् भनेर चर्चा गरिएको पनि थियो ।

 

जीवनराम सांसद भए पनि उनी पहिलेदेखि नै माधवकुमार पक्ष निकट रहँदै आएका छन् । यस कारण उमेशलालले प्रधानमन्त्री ओली समूहको भरपूर साथ पाउछन् भन्ने अपेक्षा गरिएको थियो । 


उमेशलालल यो पटक पनि हारे । गएको हप्ताभर यही समीकरण बन्यो । २७ मध्ये को कता लाग्लान् भन्ने जिज्ञासा उत्पन्न भयो । पहिलोपटक गल्फले सदस्यता पाएसंगै मत बढेर २६ बाट २७ मत भयो ।

 

गत चुनावभन्दा यसपटक एक भोटमात्रको सुधार गर्न सके उमेशलालले । ओलम्पिक नेतृत्वले विगतमा गरेका गरेका ब्यापक कमजोरीबारे उनले मतदातालाई बुझाउन र आफ्नो पक्षमा पार्न सकेनन् । 


ओलम्पिकमा लोभीपापी र स्वार्थीमात्र जान्छन् भन्ने भनाई एक पूर्व पदाधिकारीको रहँदै आएको छ । उनको भनाइलाई मान्ने हो भने यहाँ सबै ‘इथिक्स’ बेचेर आउँछन् र स्वार्थ लुट्छन् । विदेश घुम्ने मोहबाहेक अरु केही हुनै सक्दैन । त्यस्तै झुण्डमात्र रहेको भन्ने आलोचना विगतदेखि नै ओलम्पिक कमिटीले भोग्दै र झेल्दै आएको छ । 


विदेश घुम्न रमाउने माधव नेपाल पक्षकै राष्ट्रिय खेलकुद परिषद राखेपका पूर्व सदस्यसचिव केशवकुमार विष्ट समेत पराजित भएका छन् । उनी सबैभन्दा बढी विदेश जाने सदस्यसचिवमा पर्छन् । नेपाल पक्षको हुँदाहुँदै उनी पनि चिप्लिए । सचिवमा रामजी श्रेष्ठ, दीपकहर्ष वज्राचार्य र तुलसी थापा (नेकपा सचिवालय सदस्य वामदेव गौतमकी धर्मपत्नी) निर्वाचित भएका छन्  । 


यस्तै उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य, सुनिल श्रेष्ठ र चतुरानन्द वैद्य विजयी भए । ओली पक्षका मानिने र काँग्रेस मानिनेहरू नराम्रोसंग गुल्टिए । पाँच उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरेकामा पुष्पदास श्रेष्ठ, राजीब श्रेष्ठ र समिम मिया अन्सारी पनि गुल्टिए ।  


महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उमेशलाल श्रेष्ठ पक्ष अर्थात् केपी शर्मा ओली पक्षको आशीर्वाद पाएको भनिएका पुरेन्द्रबिक्रम लाखे पनि हारे । मात्र तीन मतले हारेका लाखेलाई १५ मत ल्याएर निलेन्द्रले बाटो छेके  । 


उप–महासचिवमा पिताम्बर तिम्सिना (राखेपका उपाध्यक्ष) र कोषाध्यक्षमा रतन कुमार टन्डन यसअघि नै निर्विरोध भइसकेका थिए । पिताम्बर ओलीका विश्वासपात्र मानिए पनि राखेपको सदस्यसचिव नपाएपछि उनले कित्ता काटेको हो कि भन्ने चर्चा पनि छ । 


सदस्यमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशमशेर राणा, गोपालसुन्दरलाल कक्षपति, टासी घले, होमबहादुर दोङ र दीर्गबहादुर केसी निर्वाचित भए । सात सदस्यका लागि आठ जनाले उम्मेदवारी भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भए । २७ सदस्यमध्ये २६ जना चुनावी मैदानमा थिए । एनओसीमा दुई पटक नेतृत्व सम्हालेका ध्रुवबहादुर प्रधानमात्र चुनाव लडेनन् । 
 

प्रतिकृया दिनुहोस