• बिहीबार-बैशाख-१३-२०८१

राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा डोल्पामा

 

डोल्पा, असोज १ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको समुदघाट्न गरे । 

 

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गरे । बैकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतको बैकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको संदेश संम्प्रेषण गरेका थिए । 

 

यसै बीच डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा न.ं ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ । 
 

प्रतिकृया दिनुहोस