• शुक्रबार-बैशाख-७-२०८१

जान्नुस् सौंफ खानुका फाइदा

 

तपाईलाई थाहा छ, होटल तथा रेस्टुरेन्टहरूमा भोजन खाइसकेपछि किन सौंफ दिइन्छ । किनकि यसले खाना पचाउन मद्दत गर्दछ र यसले मुखलाई समेत ताजा बनाइराख्दछ । यसले मुखबाट दुर्गन्ध आउन दिँदैन । यतिमात्र नभई यसमा अनेकौं औषधीय गुणहरू लुकेका हुन्छन् । सोंफमा क्याल्सियम, जिंक, म्याग्नेसियम, आइरन, सेलेनियम तथा म्याग्निजलगायतका तत्वका साथसाथै एन्टी इन्फ्लेमेटोरी, एन्टी माइक्रोबियल तथा एन्टीअक्सिडेन्ट हुने गर्दछ जुन मानिसलाई स्वस्थ रहनका लागि आवश्यक तत्व हुन् । भोजनमा यसको प्रयोग अनेक तरिकाले गर्न सकिन्छ ।

जानौं सोंफ खानुका केही फाइदाहरू : 

कोलेस्ट्रोल तथा उच्च रक्तचाप नियन्त्रण गर्दछ : सोंफमा न्यून मात्रामा कोलेस्ट्रोल हुने गर्दछ । सोंफमा हुने फाइबरले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्दछ । सोंफको दानाको सेवन उच्च रक्तचापमा पनि फाइदाजनक सावित हुन्छ । 


हृदयघात रोक्न मद्दत गर्दछ : सोंफको सेवनले हृदयघातको सम्भावनालाई न्यून गर्छ । रक्तचापलाई नियन्त्रण गरी यसले हृदयघातको खतरा कम गर्दछ । यसमा राम्रो मात्रामा पोटासियम पाइन्छ जसले रक्तचाप कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । 


पेटसम्बन्धी रोगबाट बचाउँछ : सौंफले पेटमा अपच हुन दिंदैन । जब सौंफ चपाउन सुरु गरिन्छ, तब यमा हुने तत्वले पाचन क्रियाको काम गर्न सुरु गर्दछ । यसमा हुने फाइबरले पेटको बिकारलाई नरम बनाई कब्जियतको समस्या टाढा भगाउँछ । 


क्यान्सरको रोकथाम : सोफमा म्याग्निज नामक तत्व रहेको हुन्छ । यसका प्रयोगले शरीरमा एक शक्तिशाली एन्टीअक्सडेन्ट इन्जाइम सुपर अक्साइड डिस्म्यूटेसको उत्पादन हुन्छ जसले क्यान्सरको खतरालाई न्यून गर्दछ । यतिमात्र नभई सौंफ चबाउनुले अनुहार, पेट तथा स्तन क्यान्सको सम्भावनालाई पनि कम गर्दछ । 

प्रतिकृया दिनुहोस