काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि यतिबेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान ८ सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्नेतर्फ केन्द्रित रहेको खबर छ । २०७४ असार १४ गते डडेल्धुरामा भोट खसालेर काठमाडौं फर्किएका देउवा मन्त्रिपरिषद्लाई पूर्णता दिन त्यसयता सक्रिय छन् । २०७४ असार १६ गते मात्रै देउवाले भरपर्दो सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग सरकार विस्तारबारे गम्भीर छलफल गरेका थिए । तर, माओवादीलगायत सत्तारुढ दलसंग मन्त्रिपरिषद् विस्तारबारे दुई चरणमा छलफल गरिसकेका देउवाले विभिन्न गुट–उपगुटमा विभाजित आफ्नै पार्टीभित्र भने मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छैनन्, किन ? कांग्रेसका वरिष्ठ नेताहरू नै जवाफ नभेटेर हैरान छन् ।
२०७४ असार १९ गतेसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भित्री तयारीमा रहेका देउवाले आउ“दो बुधबार २१ असार मैै मन्त्रीहरूलाई सपथ गराउने योजना बनाएको स्रँेतले बताएको छ । तर, उनले पार्टीभित्रको एउटा शक्तिशाली गुटको नेतृत्व सम्हाल्दै आइरहेका रामचन्द्र पौडेल समूहसंग चने २०७४ असार १८ गते आइतबार अबेरसम्म कुनै पनि छलफल गरेका छैनन् । स्रोतका अनुसार, देउवाले रामचन्द्रलाई कुल्चिदै, पेलेरै मन्त्रिपरिषद् विस्तार गर्ने भित्री योजनाअनुरुप पार्टीमा कुनै छलफल नगरेका हुन् ।
श्रीमती आरजू राणा र किचेन क्याबिनेटका विमलेन्द्र निधि, रमेश लेखकलगायतका केही निकटस्थसंग मात्रै महत्वपूर्ण विषयमा छलफल गर्ने बानी परेका देउवाले मन्त्रिपरिषद् विस्तारबारे पनि उनीहरूसंग मात्रै छलफल गरेको बताइन्छ । ‘प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा छन्,’ कांग्रेस स्रोतले भन्यो, ‘तर, देउवाले यति महत्वपूर्ण निर्णय गर्न लाग्दा समेत पार्टीमा कुनै औपचारिक र अनौपचारिक छलफल गर्न आवश्यक ठानेका छैनन् । देउवाले एकलौटी मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएकैले पार्टीमा छलफल गर्न आवश्यक नठानेका हुन् ।’ देउवाले यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री सिफारिस गर्नेदेखि राजदूत नियुक्ति र महाभियोगसम्मका दुरगामी निर्णय गर्दा पार्टीमा कुनै छलफल गरेका थिएनन्् । पार्टीमा छलफल नगरी एकलौटी निर्णय गर्ने बानी परेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा पनि उही शैली दोहो¥याउने छा“ट गरेपछि कांग्रेसमा महाप्रलयको सम्भावना निकट देखिएको छ ।



