• बिहीबार-बैशाख-६-२०८१

अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते

 

आल्बुक्वार्कु, २७ भदौ : अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ ।

 

प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।

 

घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । (रासस(एपी)
 

प्रतिकृया दिनुहोस