सा“घु संवाददाता
जनकपुर । प्रहरी प्रशासनको प्रत्यक्ष संलनतामा मध्य तराईमा तस्करी निकै फस्टाएको छ । तस्करी फस्टाएकै कारण अहिले दुई नम्बर प्रदेशका आधा दर्जन जिल्लाका घुमुवाहरूलाई कारवाहीका लागि हेडक्वार्टर तानिएको छ । तस्करलाई सघाएको भन्दै पर्सा र सप्तरीका प्रहरी प्रमुखहरू क्रमशः एसपी गोविन्द साह र अनुराग द्विवेदीलाई स्पष्टीकरणसहित हेडक्वार्टर तानिएको चर्चा सेलाउन नपाउ“दै धनुषामा प्रहरीको संरक्षणमा तस्करी, बलात्कारलगायतका अबैध क्रियाकलापमा बृद्धि भएको छ ।
केही बर्षअघि एसपी भएर धनुषा आएका सर्वेन्द्र खनाल, दिनेश आमात्य जस्ता प्रहरी प्रमुखले घुमुवा प्रहरीको दुरुपयोग गर्ने क्रम सुधार गरेका थिए । तर पछिल्लो समयमा घुमुवा राखेर प्रहरी हाकिमहरूले अतिरिक्त आम्दानीका लागि परिचालन गर्ने क्रमले पुनः गति लिएको छ । हाल धनुषा प्रहरी संगठन नै घुमुवाका कारण बदनाम भैसकेको प्रहरी स्रोतले बताएको छ । पैसाका लागि प्रहरी प्रमुखदेखि चौकीका इन्चार्जसमेतले नैतिकता बेचिसकेका घटना दिनदिनै देखिन थालेका छन् । जहा“ रक्षक नै भक्षक हुन्छ त्यहा“को हविगत के होला सजिलै अनुमान गर्न सकिन्छ ।
बलात्कारका आरोपी पनि रिहा
घटना एक महिना आगाडिको हो । धनुषाको एकराही वडा नं ८ बस्ने अन्दाजी बर्ष २८ की एक महिला काम बिशेषले नजिकैको बजार यदुकोहा गएकी थिइन् । बजारमा किनमेल गरी बेलुका ८ बजे घर फर्किरहेको बेला मोटरसाइकलमा सवार दुई जना केटाले ती महिलालाई हठ्ठिपुर भन्ने गा“उ नजिकको खेतमा लगेर बलात्कार गरे । महिला रु“दै कराउ“दै बाटोमा आइपुगिन् । गाउ“लेहरूले तत्काल इलाका प्रहरी कार्यालय यदुकोहाका इन्सपेक्टर पवन झालाई जानकारी गराए । प्रहरीले महिलालाई चौकीमा लगेर तत्कालै चेकजा“चका लागि जनकपुर अंचल अस्पताल पठायो । चिकित्सकले जबर्जस्ती करणी गरेको ठहर भएको रिपोर्ट प्रहरीलाई दिए ।
इलाका प्रहरी कार्यालयमा पीडित महिलाले दिएको जाहेरीका आधारमा फरार रहेका एकराही ६ का रुपेश यादवलाई तिनकौरिया प्रहरीले केही दिनअघि पक्राउ गरी यदुकोहा इलाका प्रहरीलाई बुझाए । पक्राउ परेका यादवका बाबुले इन्सपेक्टर झा मार्फत् एसपी लालमणि आचार्यलाई भेटेर कुरा मिलाएर तत्कालै छुटाएका छन् । स्रोतका अनुसार, सा“ढे ४ लाख रुपैया“मा कुरा मिलाएर बलात्कार आरोपी छोडेको आरोप प्रहरीमाथि लागेको छ । कुरा मिलेपछि अर्का आरोपी उमेश पासवान पनि खुलेआम घुमिरहेका छन् । इन्स्पेक्टर झाले यो मुद्दामा बिचौलियाको काम गरेको समाचार छ । पीडित महिलाका श्रीमान् बिदेश गएका कारण र आरोपीस“ग प्रहरी प्रमुख नै मिलेको थाहा भएपछि महिला थप खतराबाट बच्न चुप लागेर बस्न बाध्य भएकी छिन् । हाल ती बलात्कार पीडित महिलालाई उल्टै पीडक यादवले धम्की दिने गरेको छ । जसका कारण ती महिला असुरक्षित महसुस गर्न थालेकी छिन् ।
यसरी बलात्कार जस्तो जघन्य अपराधीबाट समेत एसपी लालमणि आचार्य र इन्स्पेक्टर झाले खाएको अबैध रकमलाई जिल्ला प्रहरीमा कार्यरत एकजना अधिकृतले निन्दा गरेका छन् । यस्ता कयौ घटना एसपी आचार्यले घुस लेनदेनको आधारमा अपराधीलाई कारबाहीबाट उम्काउने गरेका छन् ।
महेन्द्रनगरमा यौन ब्यवसाय फस्टाउ“दै
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आधा दर्जनभन्दा बढी रेस्टुरेन्टहरूमा प्रहरीे संरक्षित अनैतिक धन्दा हुने गरेको छ । यहा“ प्रहरी प्रमुखको मुख्य कमाई भनेको रेस्टुरेन्टहरूबाट आएको अबैध महिनावारीको रकम हो । एउटा रेस्टुरेन्टबाट दैनिक एक हजार, पा“च हजार रुपैया“का दरले मासिक ४५ हजार रुपैया“ उठाउने गरेको प्रहरी स्रोत बताउ“छ । यो रकम इलाका प्रहरी कार्यालय महेन्द्र नगरका इन्स्पेक्टर नरेश सिंहले मात्र होइन कि एसपी आचार्य र प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईसम्म पुग्ने गरेको स्रोतको दाबी छ ।
महेन्द्रनगरमा यस्ता अबैध क्रियाकलापको स्थानीयले बिरोध गरेपछि बिभिन्न सञ्चार माध्यममा यस बिषयमा समाचार प्रकाशित भएको थियो । समाचार आएपछि तत्कालीन एसपी रामदत्त जोशी, पत्रकार सुरेश यादव, मनिका झा लगायतको टिमले रेस्टुरेन्ट अनुगमन गरेको थियो । अनुगमनको क्रममा बट्टाका बट्टा कण्डोम भेटिएपछि एसपी जोशी अवाक बनेको टिममा संलग्न एक पत्रकारले बताए ।
सामान्य रेस्टुरेन्टमा कण्डोम भेटिएकोबारे पत्रकारहरूले एसपी जोशीलाई सोधेका थिए । त्यसपछि एसपी जोशीले त्यस्ता रेष्टुरेन्टमा कडाइ गरेपछि केही सुधार भएको थियो । तर अहिले पुनः यौन ब्यवसाय फस्टाउ“दै गएपछि एसपी लालमणि आचार्यको ब्यापक आलोचना भइरहेको छ ।
घुमुवा आतंक
प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउन र अपराधको संजाल ध्वस्त पार्न देशभरिका संगठन विपरीत काम गर्ने प्रहरीलाई धमाधम कारबाही भइरहेको बेला धनुषा प्रहरीले घुमुवा परिचालन गरी असुली गरिरहेको गुनासो छ । धनुषामा प्रहरी हाकिमले राखेका घुमुवाले खुलेआम नूनदेखि सुनतस्कर, जुवा अड्डा, बिभिन्न अपराधमा संलग्न अपराधीहरूबाट महिनाबारी असुली गर्ने रहेका छन् । सीधै एसपी लालमणि आचार्यको आदेशमा यस्तो संगठन बिरोधी गतिबिधि भइरहे पनि प्रहरी प्रधान कार्यालयले चासो दिएको छैन ।
धनुषामा बेला बेलामा जिल्ला प्रहरीका बिभिन्न घुमुवाहरूले ताण्डब मच्चाइराखेका छन् । कुनै बेला असई नागेन्द्र यादव जिल्लाको घुमुवा हु“दा आम जनतादेखि संगठनभित्रैका प्रहरीहरूसमेत हैरान थिए । यादवको सरुवापछि धनुषामै घर भएका कृष्णदेव साहलाई घुमुवाका रुपमा राखिएको थियो । साहले अपराधीदेखि तस्करस“ग लिंक मिलाएर घुस लेनदेन गरेका कारण प्रहरी बदनाम भयो । अपराधिक गतिबिधिमा लागेका सशस्त्र भूमिगत संगठनमा लागेकाहरूसित मिलेर फिरौती असुल्ने, जथाभाबी बम राख्न लगाउने, बहिनी ज्वाईको नातामा पर्ने नामुद तस्कर सुरेश साहलाई बढाबा दिने जस्ता काम घुुुमुवा साहले गरेकोमा चौतर्फी प्रहरीको आलोचना भएको थियो ।
केही बर्ष यिनीहरूस“गै सहायक घुमुवा भइबसेका जयलाल यादवले हाल धनुषामा हलचल मच्चाएका छन् । कृष्णदेब साहका आफन्त नामुद तस्कर सुरेश साह, गफार मिया“, सोहन जलान, जयकुमार साह, राम उदगार साह, गणेश साह लगायतका तस्करहरूस“ग १० लाख भन्दा बढी महिनाबारी असुल्ने गरेको आरोप घुमुवा जयलाल यादवमाथि छ ।
प्रहरी हल्लदारमा सरुवा भई आएका जयलाल यादव ५ बर्ष भइसके पनि सरुवा भएका छैनन् । जबकि समान्यतया प्रहरीको सरुवा पहाडी जिल्लामा १ बर्ष र तराईका जिल्लामा २ बर्र्र्र्षमा हुने प्राबधान छ । प्रहरी प्रधान कार्यालय उजुरी छानबिन शाखामा कार्यरत प्रहरी हबल्दार हरेन्द्र ठाकुरमार्फत् हेडक्वाटरसम्मलाई घुस पठाउने गरेको प्रधान कार्यलय स्रोतको दाबी छ । प्रत्येक महिना ठाकुरले धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायतका जिल्लाहरूबाट रकम असुलेर ल्याउने गरेको बताइएको छ ।
करीब आठ बर्ष आगाडि धनुषा आएका यादवले धनुषामै कानूनलाई चुनौती दिदै बहुविवाह गरेका छन् । एउटा श्रीमती हु“दाहु“दै तीन वटा सन्तान भएकी अर्काकी श्रीमतीलाई भगाएर ल्याएको आरोप सई यादवमाथि छ । जनकपुरको जिरोमाइल स्थित कथबनिया कुटीको जग्गा सुरज बाबा भन्ने ब्यक्तिको माध्यमले अतिक्रमण गरी घर बनाएका यादवले आफ्नी कान्छी श्रीमतीलाई त्यह“ी राख्ने गरेका छन् । कथबनिया समाजले यादवबिरुद्ध जिल्ला प्रसासन कार्यालयमा कयौं पटक उजुरी गरे पनि सीडीओ दिलीप चापागाइ“ले उनलाई हालसम्म समान्य सोधपुछ नगरेको गुनासो छ । कारण यादव मधेशका जिल्लाहरूमा सबभन्दा पावरफुल घुमुवा हुन् । उनले महोत्तरीको बर्दिबास नजिकको जंगलमा भइरहेको जुवा अखाडाबाट प्रतिदिन २ हजारका दरले घुस लिने गरेको आरोप पनि लाग्दैआएको छ ।
दर्जा सई भए पनि एसपी लालमणि आचार्य होइन, यादवले नै जिल्ला चलाउ“दै गरेको देखिएको छ । डीएसपी बाहेकका धनुषा जिल्लाका सबै दर्जाका प्रहरी सई यादबबाट डराउने गरेको एक प्रहरी अधिकारी बताउ“छन् ।



