काठमाडौं, भदौ १९ । सरकारले दूधको मुल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । उपभोक्ताले प्रयोग गर्दै आएको दूधमा ६ रुपैयाँ वृद्धि गरिएको दुग्ध विकास संस्थानले जानकारी दिएको छ । भदौ २१ गते शनिबारबाट दूधमा बढेको मूल्य लागू हुनेछ ।
नेपालीहरुको प्रमुख चाडपर्वहरु नजिकिंदै गर्दा सरकारले दुधको मूल्य वृद्धि गरेको हो । चाडपर्वमा धेरै मात्रामा दुग्धजन्य पदार्थहरु खपत हुने गर्दछ ।




