• आइतबार-असोज-५-२०७६

एनआइसी एसिया रेमिटको चाडपर्व योजना

 

काठमाडौं, भदौ १३ । एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।

 

उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्ने व्यवस्था छ । यो योजना सेप्टेम्बर १, २०१९ देखि अक्टोबर ३१, २०१९ सम्म दुई महिनाको लागि लागू हुने बैंकले जनाएको छ ।

 

यो सुविधाबाट चाडपर्वको समयमा झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने र ग्राहकहरुले उच्चतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ । 
 

प्रतिकृया दिनुहोस