• बिहीबार-बैशाख-१३-२०८१

 झुन्डिएको अवस्थामा शव फेला 


मध्यपुरथिमि, ८ भदौ  : मध्यपुरथिमि नगरपालिका–७ धुन्चेपाखामा आज एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । करीब २५ वर्षीय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

 

इञ्जिनीयरिङका विद्यार्थी उनी बिहान अबेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छभने घटनाको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए  । 

 

त्यसैगरि आजै चाँगुनारायण नगरपालिका–५ छालिङको जङ्गलमा करीब ३० देखि ३५ वर्षको मङ्गोलियनअनुहार भएका एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले शव झुन्डिएको अवस्थामा फेला परेको र पहिचान भने नभएको बताए । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस