• शुक्रबार-चैत-१६-२०८०

ब्राउनसुगरसहित दुई पक्राउ


पोखरा, ६ भदौ (रासस) : लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । 

 

पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––

प्रतिकृया दिनुहोस