🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेतो हात्ती बन्दै महानगरको टीभी कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी कम्पनीसंगको सहकार्यमा उत्पादन गरी नेपाल टेलिभिजनमा प्रशारण गरिरहेको हाम्रो काठमाडौं कार्यक्रम रोक्नु पर्ने अडानमा एमालेका सभासद् रामवीर मानन्धर लागेका छन् । विगत १५  वर्षदेखि प्रशारण हु“दै आईरहेको । सो कार्यक्रम काठमाडौं महानगरपालिकाले नेपाल टेलिभिजनलाई उत्पादन खर्च बाहेक प्रशारण खर्च मात्रै बार्षिक ४५ लाख रुपैया“ दिने गरी प्रशारण भइरहेको छ । यो कार्यक्रम महानगरका लागि सेतो हात्ती बनिरहेको भन्दै सांसद रामवीर मानन्धरले विगतदेखि नै विरोध जनाउंदै आईरहेका थिए । आफू काठमाडौं महानगरपालिकाको दलीय संयन्त्रमा हु“दादेखि नै सो कार्यक्रममा खर्च मात्रै बढी उपलब्धि शून्य भएको भन्दै विरोध गर्दै आईरहेको भएपनि सुनुवाई नभएको मानन्धरको गुनासो छ । 
महानगरपालिकाले दुई दर्जन पत्रकारहरू विगत १५ वर्षदेखि नै सूचना शाखाका जागिर ख्वाउ“दाख्वाउ“दै किन निजी क्षेत्रका कम्पनीलाई टेलिभिजन कार्यक्रम उत्पादन गर्न दिने भन्ने मेरो प्रश्न हो तर प्रशासनिक तह र महानगरपालिका बोर्डले मेरो जायज कुराप्रति कहिल्यै वास्ता नै गरेन । ४५ लाख बार्षिक रकम प्रशारण खर्च नेपाल टेलिभिजनलाई तिरेर १३ मिनेटको कार्यक्रम प्रशारण गर्नुभन्दा काठमाडौं महानगरपालिकाले त्यति रकममा आफ्नै टेलिभिजन संचालनमा ल्याउन सक्ने उनले दावी गरे । 
शुरुमा केही उपकरण खरिद गर्दा रकम बढी लाग्ने भएपनि ती सवै उपकरण महानगरपालिका कै सम्पत्ति हुने भएकाले त्यस्तो खर्चलाई गणना गर्न नहुने उनको तर्क छ । महानगरपालिकाले सञ्चालन गर्दै आईरहेको ‘हाम्रो काठमाडौं’ टिभी कार्यक्रम गत बर्षदेखि की एड्भरटाईजिङ्ग एजेन्सीले जिम्मा लिएको छ । हरेक वर्ष टेण्डर गरे प्रतिस्पर्धाको प्रक्रियामा जानु पर्ने भएपनि आगामी आर्थिक वर्षका लागि सो कार्यक्रमको टेण्डर समेत आव्हान नहुनुले २०७४ श्रावण १ गते देखि ‘हाम्रो काठमाडौं’ प्रशारण हुने कि बन्द हुने भन्ने विषयमा अहिले काठमाडौं महानगरपालिकामा चर्को बहसको विषय बनेको खबर छ । 
काठमाडौं महानगरपालिकाको सूचना प्रविधि शाखाको मातहतमा रहेको सो कार्यक्रमका बारेमा विभागीय प्रमुखलाई केही जानकारी नभएको बताइन्छ । कार्यक्रमको मोडेल निजी साझेदारी भए पनि अरु विषयमा आफूलाई जानकारी नभएको नाम उल्लेख नगर्ने शर्तमा सो शाखाका एकजना अधिकृतले सा“घुलाई बताए । 
काठमाडौं महानगरपालिका आर्थिक प्रशासन विभागका अनुसार ‘हाम्रो काठमाडौं’ टिभी कार्यक्रमका लागि महानगरपालिकाले अहिलेसम्म ६ करोड खर्च गरिसकेको छ । त्यत्ति ठूलो रकम महानगरपालिकाले खर्च गर्ने हो भने स्याट्लाईटमा नै टिभी प्रशारण गर्न सकिने सांसद रामवीर मानन्धरको दावी छ । यसले के प्रष्ट पार्दछ भने रामवीर मानन्धरले गरेको चिन्ताले महानगरपालिकाको खर्च जोगाउने र सम्पत्ति जोड्ने कडीमा रुपमा  महानगरपालिकाको बोर्डले लिनु पर्ने बहस भइरहेको थाहा भएको छ ।