• बिहीबार-चैत-१५-२०८०

ल जान्नुस् मेथीका अनेक फाइदा

 

मेथी सबै भोजनमा सुहाउने मसला हो । यो सलाद, तरकारीमा प्रयोग गर्नुका साथै मसालाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । स्वास्थ्यका लागि यो एकदमै उपयुक्त मानिन्छ । मानिसको स्वस्थ जीवनका लागि यसका धेरै फाइदाहरू रहेका छन् । त्यसबारे तल केही चर्चा गरौं । 

 


–स्वाथ्यको दृष्टिकोणले मेथी एकदमै गुणकारी छ । यसले बाथ, पीडा, कफ एवं रुघाखोकी जस्ता रोगलाई टाढै राख्छ । 
– यो अचारहरूमा प्रयोग हुनका साथसाथै औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
– मेथीमा कडापन त्यसमा रहेको पदार्थ ग्लाइकोसाइडको कारण हुन्छ जसले खानामा स्वाद बढाउनुका साथसाथै भोकलाई मेटाउने काम पनि गर्छ । 
– यसमा धेरै मात्रामा फोस्फेट, लोसिथिन, भिटामिन एवं आइरन पाइन्छ जसले हाम्रो शरीरको आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ ।
– यसका पातहरूमा दालबराबरको प्रोटीन पाउन सकिन्छ । 
–मेथीले कब्जियत भगाउनुका साथसाथै जोर्नी दुखाईमा पनि आराम दिन्छ । 
–यसले एसिडिटी, अपच, ग्यास, पेटको दुखाई, खोकी, जलन आदिमा एकदमै लाभदायक हुन्छ ।
– मेथीको बिउमा प्रोटीन, सेल्युलोज, स्टार्च, सुगर, क्याल्सियम, फोलिक एसिड, भिटामिन ए, बी,सी जस्ता पोषकतत्व हरू पाउन सकिन्छ । 


 

प्रतिकृया दिनुहोस