• मंगलबार-बैशाख-११-२०८१

जीवनधारा : प्रेमको मूल्य 

 

होमरलेन एकजना महान विचारक थिए । प्रेमको शक्तिप्रति उनको अटुट विश्वास थियो । एकपटक उनले आफ्नो आश्रयमा एउटा अनाथ बालकलाई ल्याए । त्यो बालकले गर्ने उपद्रोका कारण आश्रममा रहेका अरु बालकहरू हैरान हुन थाले । त्यसपछि त होमरलेन समक्ष हरेक दिन त्यो उपद्रवी केटाको सिकायत पुग्न थाल्यो । एक दिन एकजना अध्यापकले समेत होमरलेन समक्ष भने, यो उपद्रोको भाँडोलाई तपाईंले कहाँबाट ल्याउनुभयो रु यदि तपाईंलाई आश्रय चलाउनु छ भने यो केटोलाई बिदा गरिदिनुहोस्, यो केटाको संगतमा परेर अरु केटाहरू पनि विग्रने भए ।

 

होमरलेनले भने, त्यसैकारणले गर्दा त सवभन्दा बढी दया यही केटाको लाग्दछ । केटाकेटी उमेरमा नै यो यति उपद्रो गर्दछ भने ठूलो भएपछि त चोरीडकैती गर्ने पक्का छ । मलाई लाग्दछ, यसले प्रेम पाएको छैन । जुन बच्चाले प्रेम पाउँदैन, पछि गएर ऊ निरस, कठोर र उद्दण्ड हुन्छ । मलाई विश्वास छ, प्रेम पायो भने पछि गएर यो उद्दण्ड बच्चा पनि असल मानिस हुनेछ । साँच्चै नै भयो पनि त्यस्तै । आश्रममा रहेका शिक्षकहरूको प्रेम पाउन थालेपछि त्यो केटाको व्यवहार सालिन र शान्त हुन थाल्यो ।

प्रतिकृया दिनुहोस