• शुक्रबार-चैत-१६-२०८०

एनआईसी रेमिटको चाडपर्व लक्षित योजना

 

काठमाडौं, साउन २९ । नजिकिंदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै एनआइसी एसिया बैंकले आफ्नो रेमिटमार्फत ग्राहकहरुको सुविधाका निम्ति चाडपर्व योजना अगाडी ल्याएको छ । यस योजनाअन्तर्गत एक ठाउँबाट अर्काे ठाउँ रकम पठाउँदा दोस्रोपटकमा सित्तैमा पठाउने व्यवस्था बैंकले गरेको छ । 

 

 

बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहकलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ । उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

 

 

 यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकले रकम पठाउँदा उच्चतम लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने बैंकले दाबी गरेको छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।
 

प्रतिकृया दिनुहोस