• बुधबार-बैशाख-१२-२०८१

रंग विरंग : सधैं जवान र सुन्दर रहने सूत्र 

 

शारीरिक रुपमा फिट र जवान रहन को चाहँदैन होला । उमेर सँगसँगै मानिसको सुन्दरता पनि घट्दै जान्छ । तर, अमेरिकाको लस एन्जल्सस्थित एकजना महिलाको उमेर भने बीचमै रोकिएको जस्तो देखिन्छ । उनी कति उमेर भइन भनेर सायदै कसैले पत्ता लगाउन सक्ला । जब उनी आफ्नो छोरासँग बाहिर निस्किन्छन्, उनीहरूलाई पे्रमी जोडीजस्तो देखिने बताइन्छ ।

 

जोनाथन नुयेन नाम गरेका युवक आफ्नो आमासँग हिँड्दा मानिसहरूले प्रेमी जोडी या दिदीभाइ ठान्ने गर्दछन् । तर, उनकी आमा अहिले ४० बर्षकी भइन् । जोनाथनले आफ्नो आमाको सुनदरताको रहस्य फलफूल र दैनिक ब्यायाम रहेको बताएका छन् । यसका अलावा उनले कार्बाेहाइड्रेडयुक्त खाना कम, उच्च चिल्लो पदार्थयुक्त भोजन र तयारी भोजन नखान सुझाएका छन् ।

 

जोनाथनले आफ्नो आमासँग इन्स्ट्राग्राममा शेयर गरेको तस्विरमा विभिन्न किसिमका कमेन्ट आएका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस