🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नुवाकोट घट्नाको कांग्रेसद्धारा निन्दा

 ललितपुर, १ मंसिर । नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं  १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार  पूर्व मन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्र्सना गरेको छ ।

निर्वाचनको प्रचार प्रसारमा हिडेको बेला चढेको गाडीलाई लक्षित गरी मङ्सिर १ गते शुक्रबार विहान करीब १० बजे ककनी गाउँपालिका वडा नं. ५ काउथेथाना नजिक प्रेसरकुकर बम विष्फोट गरिएको थियो । उम्मेदवारहरुसँगै चुनावी प्रचार प्रसारमा हिडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार प्रकाशित विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली कांग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।”

नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको जनाउदै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।