• बुधबार-मङ्सिर-४-२०७६

इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प


जाकार्ता, १७ साउन  : इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

 

देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । 

 

इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् । 

 

बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ । 

 

अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

 

सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन्  । रासस÷सिन्ह्वा
 

प्रतिकृया दिनुहोस