• शुक्रबार-बैशाख-७-२०८१

प्रभु बैंक र अर्बिट मेडिकलबीच सम्झौता

 

अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लिले आफुसँग आवद्ध शैक्षिक परामर्श सेवामा आवश्यक पर्ने बैंकिङ सेवा उपलब्ध गराउन प्रभु बैंक लिमिटेडसँग सम्झौता गरेको छ । अर्बिट र प्रभुबीच साउन १० गते सहमतिपत्रमा हस्ताक्षर भएको छ । यस सहमतिपत्रमा बैंकका सीईओ अशोक शेरचन र अर्बिट मेडिकलका प्रवन्ध सञ्चालक सुनिल रेग्मीले हस्ताक्षर गरेका छन् । 

 


सम्झौतापत्रमा कम्पनीसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिस भई आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाइन भुक्तानी, ड्राफ्ट आदिका माध्यमबाट गरिने IELTS, TOEFL, PTE, CAE, SAT, GRE, GMAT,Tution Fee  आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ ।

 

यस कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैकको उक्त कार्यबाट धैरे भन्दा धैरे बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्भित हुने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस