• शुक्रबार-बैशाख-७-२०८१

साझा पार्टीले  सात जना नयाँ  नेता पायाे 


काठमाडौं । साझा पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थपेको जनाएको छ। २०७६ साउन ५ गते आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

 
नयाँ थपिएका सदस्यहरू यसप्रकार छन्: नेपाल जेसिसमा आजसम्म राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक कीर्ति तुलाधर रहेकी छिन् । उनी अन्तराष्ट्रिय जेसिसको पनि उपाध्यक्ष थिइन्। हाल उदाय् मिसा पुचकी अध्यक्ष हुन्। जनस्वास्थ्यमा विद्यावारिधि गरेकी समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ की उमेदवार सुमित्रा सिंह लामा पनि विस्तारमा परेकी छिन्। शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव नारायण कोइराला पनि केन्द्रीय समितिमा समेटिएका छन् ।

 

नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन अर्का सदस्य हुन्। प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापाले पनि साझा दल नै राेजेका छन्। झापाका कम्युनिस्ट पृष्ठभूमिका समाजसेवी भिमप्रसाद अधिकारी पनि यही दलमा रमाउने भएका छन्। काभ्रे जिल्लाका २०० भन्दा बढी स्कूलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, पेशाले व्यवसायी तथा साहित्यकार विकु लामाले पनि साझाकाे केन्द्रीय  नेतृत्वमा अवसर पाएका छन्।

 

 साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने बताएकाे छ।

 

 साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्: “विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुन: पुष्टी गरेको छ। नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ ।”

प्रतिकृया दिनुहोस