• बिहीबार-बैशाख-१३-२०८१

गाँजासहित दुई जना पक्राउ


मुग्लिन,५ साउन  : चितवनमा गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ थेखडियाका कुमारी महतो र भरतपुर महानगरपालिका–११ का विजय कुमाल रहेका छन् ।
 
महतोलाई ७०० ग्राम गाँजासहित उनकै घरबाट तथा कुमाललाई २६० ग्राम गाँजासहित भरतपुर महानगरपालिका–५ स्थित भीमवली सामुदायिक वनबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए  । दुवैलाई पदमपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । रासस

प्रतिकृया दिनुहोस