• बिहीबार-बैशाख-१३-२०८१

रंग विरंग : यो हो सबैभन्दा सुरक्षित घर : चलायमान पर्खाल ! (भिडियोसहित)

 

हामी आफ्नो घर सकेसम्म सुरक्षित बनाउन चाहन्छौं । घर खरिद गर्ने क्रममा पनि घर कत्तिको सुरक्षित छ भनेर विचार गर्ने गर्दछौं । हामी यस्तो घरको बारेमा चर्चा गर्न गइरहेका छौं जुन विश्वकै सुरक्षित भनि दाबी गरिएको छ । खबरका अनुसार पोल्याण्डको राजधानी वार्साका एक व्यक्तिले विश्वकै सुरक्षित घर बनाउने सोचें । उनले पोल्याण्डको आर्किटेक्चर फर्म केडब्लुके प्रोम्ससँग राखेका थिए । यसपछि उनले यस्तो घर बनाए जसले सबैलाई चकित बनाए । केडब्लुके प्रोम्से यस्तो घर बनाउनु एक चुनौतीको रुपमा लिएका थिए ।

 

उनले आफ्नो ग्राहकले जस्तो चाहेको त्यो भन्दा राम्रो सुरक्षित घर बनाइदिएको दाबी गरेका छन् । यस घरको विशेषता के छ भने एक बटन थिच्ने वित्तिकै यो वरिपरि, माथिबाट कंक्रिटको पर्खालबाट छोपिन्छ । एकपटक यो घर बन्द भइसकेपछि अनेक कोशिश गर्दा पनि खोल्न मुस्किल पर्दछ । त्यो पनि घर मालिकले चाहे भने मात्र खुल्न सक्छ ।

 

यो घर जति सुरक्षित छ त्यति नै सुन्दर पनि छ । घर बाहिर एक स्वीमिङ पुल पनि छ । स्वीमिङ पुल भने पर्खालले छोपिदैंन । कंक्रिटबाट निर्मित घर र फलामबाट निर्मित सटरले घरलाई अधिक सुरक्षा प्रदान गर्दछ । कम्पनीले यो घर एकपटक पूर्णरुपमा बन्द भएमा परमाणु बमले पनि असर गर्न नसक्ने दाबी गरेको छ । 

 

प्रतिकृया दिनुहोस