🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री मातृकाका  स्वकीय सचिव विष्टसहित ३ जना आउट, \’विक्रान्त\’ इन  !? 

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वकीय सचिव सन्तोष विष्टलाई हटाएका छन्  । पद र शक्तिको दुरुपयोग गरेर आर्थिक लाभमा लिप्त भएको आरोपमा  विष्टलाई हटाइएको मन्त्रालय स्रोतले बताएकाे छ । विष्ट कुनै बेला मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी नामको पार्टीकाे विद्यार्थी संगठनका अध्यक्ष थिए । उनी मातृकाका विश्वास पात्र पनि भएकाले अवसर पाएका थिए ।

त्यसै कारणले मन्त्री मातृकाले विष्टलाई मायाँ गरेर स्वकीय सचिवमा नियुक्त गरेका थिए । मन्त्री फेरबदल हुने सूचीमा मातृकाकाे नाम नम्बर १ मा रहेकाे चर्चासंगै मातृकाकाे सचिवालयबाट विष्टकाे बहिर्गमन भएकाे छ  । विष्टसंगै अन्य २ जना सचिवालय सदस्य पनि हटेकाे श्राेतकाे भनाई छ । 

 मातृका यादव आफ्नो कार्य सम्पादनमा सफल हुन नसक्नुमा  स्वकीय सचिव विष्टको मुख्य भूमिका रहेकाे निष्कर्ष पछि सचिवालय फेरबदल भएकाे स्रोत बताउछ  । स्वकीय सचिव भएदेखि नै मन्त्री मातृका यादव बदनाम हुँदै जाने विष्ट भने मालामाल हुँदै  जाने अवस्था आएकाे मन्त्री निकट एकजना सहयोगीले साँघुलाई बताए ।  सचिवलायमा  विष्ट सम्हालेको रिक्त स्थानमा  देवशरण यादव "बिक्रान्त" लाई ल्याइएकाे खबर छ । 

 "बिक्रान्त" विगतमा मातृका यादवले मूलधारबाट छुट्टिएर गठन गरेकाे नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका थिए । उनी कानून व्यवसायी पनि हुन्  । आफ्नो सर्कलमा स्वच्छ छवि  बनाएका भनिएका "बिक्रान्त" नेकपामा राम्रा कार्यकर्ताका रुपमा परिचित भएकाे तराई मधेशमा चर्चा हुने गर्दछ ।

 "बिक्रान्त" काे नेतृत्वमा चल्ने सचिवालयले उद्याेग मन्त्री मातृका यादवलाई मन्त्री फेरबदलकाे डेन्जर जोनबाट सेफ जोनमा ल्याउन सक्ला ? त भनेर मन्त्रालयमा यति बेला चर्चा हुन थालेकाे छ ।