• बिहीबार-चैत-१५-२०८०

निक्षेपकर्तालाई प्रभुको बिमा सुविधा

 

काठमाडौं, साउन २ । प्रभु बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले मिति २०७६ श्रावण १ गतेदेखि Prabhu WelcomePrabhu Salary Savings बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ । 

 

 

यो सुविधाको माध्यमबाट Prabhu WelcomePrabhu Salary Savings खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत रु ३,००,००० र दुर्घटना बिमा बापत रु १०,०००,००० सम्मको जोखिम बैंकले बहन गर्नेछ ।

 

 

   प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दाबी गर्नसक्ने र अकल्पनीय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको  राहत परिवारले बिमा दाबी गरी  लाभान्वित हुने बैंकको दाबी छ ।  
 

प्रतिकृया दिनुहोस