• शुक्रबार-चैत-१६-२०८०

मुख्यमन्त्री कप फाइनल खेल धरानमा सारियो

 

काठमाडौं । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ ।

 


 विराटनगरको शहीद रंगशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिए । असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा हुने राईले बताए । 

 


प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच स्पर्धा हुने आयोजकले जनाएको छ ।  प्रतियोगिताका लागि एक करोड प्रदेश सरकार र ३३ लाख अखिल नेपाल फुटबल संघ एन्फाले उपलब्ध गराएको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करीब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ । 
 

प्रतिकृया दिनुहोस