• आइतबार-श्रावण-५-२०७६

प्राइम बैंकमा गाभिने भो कैलाश विकास बैंक 


काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं.३२, न्यूप्लाजास्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्वन्धमा २०७६ असार २० गते एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 


सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्  । 


बैंकले यस अघि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुने छ प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस