• बिहीबार-चैत-१५-२०८०

मधुमेहका कारण बहिरो बन्ने खतरा

 

 एक नयाँ अध्ययनले मधुमेह रोगको कारण बहिरो हुन सक्ने खतरा बढ्ने नयाँ अनुसन्धान बाहिर आएको छ । अनुसन्धानकर्ताहरूले मधुमेह रोगले पीडित मानिसहरू बहिरो हुनसक्ने खतरा बढी हुने कुरा बाहिर ल्याएको हो । सन् १९९५ देखि २००४ सम्ममा सुन्न सक्ने क्षमता कम भएको मानिसहरूको संख्या दुईगुणा भएको थियो । तर त्यस समय डिप्रेसन र डिमनेसिया रोगको कारण हुने भन्ने अनुसन्धान बाहिर आएको थियो ।

 

हाल आएर मधुमेह र बहिरोपनको सम्बन्धलाई दर्शाउने केही गहिरो निष्कर्ष अलग अलगरुपमा आएका छन् । जापानको निगाता विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मधुमेहका कारण शरीरको अधिक तन्तुहरूमा असर गर्ने जसका कारण सुन्न सक्ने क्ष्ँमतामा कम आउने अनुसन्धान बाहिर ल्याएका छन् । 
 

प्रतिकृया दिनुहोस