🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जहाँ गीत चोरी त्यहाँ किन अलमोडा रानाको नाम ?

–वरिष्ठ गीतकार राजेन्द्र थापा/

काठमाडौँ,   कात्तिक २६ गते ।  नोभेम्बर  १०  को ४ :३० बजे राज्जारानीको गीत ''चिपक चिपक चिपकके''को  राज्जारानीको तस्विर  युट्युबमा रिलिज हुनु ठीक ३  घन्टा अघि अलमोडाले गाएको गीत कार्टुन क्र्युजको भिज्युयल मा ……!! ''दिलको भित्तैमा दिलको भित्तैमा / कि देऊ माया सित्तैमा/ कि लिऊ माया सित्तैमा/ छ कि छैन मेरो पिक्चर दिलको भित्तैमा/ बोलको गीत रिलिज गरियो ।

मिलन बिष्टले लेखेको वा चोरेको तथा अलमोडा, अन्जली र नवीन रावलले गाएको र अलमोडाको एरेन्जमेन्ट तथा नवीन रावलको सङ्गीतको यो गीतको हुक लाइन दिलको भित्तैमा सीधै चोरिएको हो । आधार यस  प्रकार छन् :-

१ / "राज्जाजीको (४) तस्बिर(३) दिलको भित्तामा (६ )" मा ४ /३ /६  गरि १३  अक्षर जस्तै त्यस्मा नि समान मिटर ४ /३ /६-१३ र मात्रा "छ कि छैन(४ ) ( मेरो) पिक्चर(३ ) दिलको भित्तैमा(६ )" लिएर बीचमा "मेरो" ( २ मात्राको) शब्द थपेर लास्टमा भित्तालाई भित्तै गरि अलग बनाउने कोसिस गरे पनि जान्नेले चोरेको बुझिहाल्छन्  । लौ पिक्चर दिलको भित्तामा त आफै आयो रे गीतकारलाई । तर मात्रा र शैली तथा मिटर राज्जाजिको तस्विर सङ्ग ( छ कि छैन पिक्चर) हुबहु कसरी ? यति धेरै त मिल्दैन ।

२ /८ /१०  महिना अघि  हाम्रो गीत रेकर्डिङ गरिएको कृपा स्टुडियोमा नै अलमोडाका सबैजसो काम र बसाई हुने गर्छ । र, यो दोस्रो गीत नि कृपा स्टुडियोमै अलमोडाकै भाई अनुप रानाले रेकर्डिङ गरेका हुन् । बुझ्दा यो गीत भर्खर करीब डेढ महिना जत्ति अघि अलमोडाको मेन भोकलमा उनका भाई अनुपले रेकर्ड गरेका रहेछन् ।

३ / मिलन बिष्टले आफै स्टुडियोमा सुनेर चोरे या अलमोडा या अलमोडाका भाई त्यहींको रेकर्डिस्ट अनुपराना या अन्य स्टाफले सुनाए ? चोरी स्टुडियोबाटै भयो ?

३ / यस्मा अलमोडा कसरी संलग्न ? कि उनलाई थाहै नदिई नबिनले चोरेका कि नबिनलाई चोराउन लगाईयो कसैले ? बिगतमा नि पानी पर्यो देखि नाइलनको सारीसम्म कपी क्याटमा परिरहेका अलमोडा यसमा नि नाम जोडिन पुग्नु संजोग हो त ?

६ / गायक भए पनि अलमोडा मात्रै यस  टिमका सलेब्रेटी भएकाले उसैले जबाफ दिनु पर्छ । किन राज्जारानी भन्दा ३  घन्टा अघि हतार हतार निकालिएको ? सन्जोग कि चोरी आरोप नलागोस भनेर ? त्यस्को मतलब संलग्न सबै यस  बारे जानकार रहेछन् ।

कृपा स्टुडियो का ब्यबस्थापनले अाफ्नो स्टुडियोमा गरिएको गीतको चोरी बारे कुन कर्मचारीले अलमोडा या नवीन , कल्लाई सुनायो छानबिन गरि सार्बजनिक हुनु नैतिक र ब्यबसायिक दायित्व हो ।
साथै रेपुटेड कार्टुन क्रयुजले नि यस्तो चोरी गीतमा परफर्म गर्नबाट बच्नु पर्छ । चोरी भनेको चोरी नै हुन्छ झन बौद्धिक चोरी त अक्षम्य मान्नु पर्छ कार्टुन समुहले । भोलि आफ्नै कन्सेप्ट चोरदेलान् यिनै चोरले ।

तत्कालै उक्त गीतबाट दिलको भित्तैमा शब्द हटाई अर्को हाल्न सचेत गराउंदछु । मनको अांखामा / तिम्रो मुटुमा अादि समान मिटरका हाल्न सकिन्छ । अन्यथा युट्युब, कृपा स्टुडियो , अलमोडा र गीतकार आदीका बिरुद्ध बौद्धिक सम्पति चोरीमा कारबाही बढाइने छ । फेसबुकबाट