काठमाडौँ, कात्तिक २६ गते । दिनेश डीसीको निर्देशन तथा एयाड रिलिजको प्रस्तुतिमा बनेको नेपाली कमेडी टेलिभिजन कार्यक्रम ट्वाक्क टुक्क रिट्न्स– ५८ सार्बजनिक भैसकेको छ। यो कार्यक्रममा नयाँ तथा पुराना जोक र चुट्किलाहरुको समिश्रणमा बनेको हँसाउने टेलिश्रृखला हो ।
यो कमेडी कार्यक्रम कान्तिपुर च्यानलबाट हरेक हप्ताको शुक्रबार बेलुका ७ः३० मा हेर्न सकिन्छ भने हाईलाईट्सको युटुब च्यानलका साथै साँघुन्यूजडटमा पनि लग ईन गरेर हेर्न सकिन्छ । यस श्रृंखलामा डाक्टर जोगिन्दर यानिकी शिवशँकर रिजाल, प्रेमचरो जादुगर यानिकी महादेब त्रिपाठी, मुलाको साग यानिकी सुरेन्द्र के सी र छन्दे यानिकी गोपाल ढकाल एकदमै हँसाउने पात्रको रुपमा प्रस्तुत भएको देखिन्छ।




