• शुक्रबार-चैत-१६-२०८०

 मुख्यसचिवको  सपना देखेका  शंकरदास बैरागी चाकडीमा व्यस्त  !


काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी चाकडीले पाए मुख्यसचिव त्यो पनि नपाए अमेरिकाको राजदूत हुने दाउमा प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल र राजन भट्टराईको चाकडीमा लिप्त हुँदै आएको चर्चा छ । उनले प्रधानमन्त्री केपी ओलीसंग निकट रहेका ठान्दै अमेरिकाका राजदूत अर्जुन कार्कीलाई पनि रिझाइरहेको निजामती कर्मचारी स्रोत बताउछ  । निजामती क्षेत्रको शून्य ज्ञान भएका राजाकालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेबाट दीक्षित र पालित पोषित बैरागीले अहिले पनि मन्त्रालयका सूचना उनलाई दिने गरेको आरोप छ । 


 पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा उनले भनेका जायज नाजायज जे जस्ता भए पनि सबै काम खुरुखुरु गरेका बैरागी राजतन्त्र र दरबारको अन्त्यपछि कांग्रेसको भित्रिया हुन पुगेको परराष्ट्रका कर्मचारी चर्चा गर्दछन । कांग्रेसकै बहुमत आउने र शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मुख्यसचिव हुने सपना देख्दै रणनीति बनाएका उनी वाम गठबन्धन बनेपछि खिस्रिक्क परेका थिए ।

 

नेकपाका  अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भन्दा पनि सल्लाहकार रिमाल र भट्टराईलाई प्रभावमा पारी मुख्यसचिव हुने ख्वाब देखेको   परराष्ट्रका कर्मचारीहरु  चर्चा गर्दछन । 


 परराष्ट्र स्रोतका अनुसार, बैरागी अमेरिकाका राजदूत अर्जुन कार्कीसंग बाक्लै सम्पर्कमा रहेका छन् । अमेरिकामा नेपाली दूताबास निर्माण गर्दा ७५ लाख अमेरिकी डलर भुक्तानी पनि उनले नियम कानून नहेरी  खुरुक्क दिएर राजदूत कार्कीलाई रिझाएका थिए । ७५ करोड नेपालीमा बनेको दूताबास भवन निर्माणमा अनियमितता भएको र लेखापरीक्षणका बारेमा पनि टिप्पणी हुँदै आएको छ । राजदरबार र कांग्रेसका असली कारिन्दा बैरागीलाई मुख्यसचिव बनाउने संभावना भने अति कम देखिएको छ ।

 

वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बीचमै अन्यत्र सेटल गरिएमा २०७६ साउन २२ गतेपछि गृहसचिव प्रेमकुमार राईलाई उनको ठाउँमा लाने संभावना छ । २०७६ साउनको २२ गते सचिव विष्णु लम्साल अवकाश हुनुभन्दा अघि मुख्यसचिव रिक्त भएमा निजामती कर्मचारीमा इमानदार सचिव मानिएका विष्णु लम्सालले अवसर पाउनेछन् भन्ने चर्चा पनि छ । लम्सालले अवसर नपाएमा त्यसपछिका सिनियर राई नै हुनेछन् ।

 

राईलाई मुख्यसचिव बनाएर नवीन घिमिरेको कार्यकाल सकिएपछि सीधै अख्तियार प्रमुख बनाउने सम्भावना पनि उत्तिकै रहेको बताईन्छ । त्यसो त काम भन्दा गफ बढी दिने  वन मन्त्रालयका सचिव डा.विश्वनाथ ओली पनि मुख्यसचिव हुने सपना देखिरहेका छन् । 

–––

प्रतिकृया दिनुहोस