• शुक्रबार-बैशाख-७-२०८१

पार्टी नेता र पत्रकारहरूसँग राहुलको जन्मोत्सव


नयाँ दिल्ली, ५  असार (रासस/एएनआई) : भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो जन्मोत्सव पार्टीका नेता तथा पत्रकारहरूसँग मनाएका छन्  । 

 

    पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष गान्धीले  असार ४ गते बुधबार ४९ वर्ष लागेको उपलक्ष्यमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो । 

 

    अध्यक्ष गान्धीले  पत्रकार र नेताहरूलाई मिष्ठान्न ग्रहण गर्न आग्रह पनि गरेका थिए ।

 

    काँग्रेसका वरिष्ठ नेता प्रमोद तिवारीले गान्धीलाई भेटेर फेरि  पार्टीलाई सशक्त रूपमा अगाडि बढाउन आफूले शुभकामना दिएको बताए  ।  
–––

प्रतिकृया दिनुहोस