• शुक्रबार-बैशाख-१४-२०८१

लोकसेवाको विज्ञापन : चारवटै निवेदन एकै इजलासमा हेरिने


काठमाडौँ, ४ असार (रासस) : सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी चार वटा रिट निवेदन एउटै इजलासमा राखेर हेरिने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज आयोगको स्थानीयत तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको हो ।


 
      मङ्गलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चार वटै निवेदनलाई सँगै हेर्ने आदेश जारी गरेको थियो । मङ्गलबार एउटा निवेदनको सुनुवाइ भएको थियो । २०७६ असार ४ गते  चारै रिटलाई सँगै राखेर एउटै इजलासमा हेरिने आदेश भएको हो ।

 

    आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाइ भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने हुनेछ । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार, १६१ सिटका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।
–––

प्रतिकृया दिनुहोस