• बिहीबार-बैशाख-१३-२०८१

काङ्ग्रेसद्वारा १८३ जनालाई कारवाही


काठमाडौँ, ४  असार (रासस) : नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्न विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको छ । 

 

    पार्टीको केन्द्रीय अनुशासन समितिको असार ३ गतेको बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई विधानतहः कारवाही गरेको हो ।

 

साथै बैठकले उक्त निर्णयबमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए  । 

 

    समितिले त्यस्ता गतिविधिमा संलग्न भएकाको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई निर्देशन दिएको छ । 
–––

प्रतिकृया दिनुहोस