• बुधबार-बैशाख-५-२०८१

 प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दु:ख व्यक्त 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाएका छन्   ।  

 

प्रधानमन्त्री ओलीले २०७६ असार ३ गतेको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भनेका छन्, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।”


    प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी काँग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगन भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषयमा असार ३ गते  साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने बुझिएको छ ।
–––

प्रतिकृया दिनुहोस