• बिहीबार-बैशाख-१३-२०८१

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्ध : राष्ट्रपति सी


ताजकिस्तान, १ असार  (रासस/सिन्ह्वा) : चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गरेका छन्  ।

 

जेठ ३२ गते शनिबार ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित एशियाली मुलुकबीच विश्वास निर्माणका लागि भएको एक सम्मेलनमा राष्ट्रपति सीले यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न र सिर्जनात्मकरूपमा एशियाको निर्माण गर्न चीन सधैँ प्रतिवद्ध रहने पनि बताएका हुन् । राष्ट्रपति सीले ‘बेल्ट एण्ड रोड कोअपरेसन’मार्फत बजारलाई थप विश्वसनीय बनाउनका चीनको विशेष पहल भइरहेको पनि बताए  ।

 

“एशिया वर्तमान विश्वको सबैभन्दा ठूलो विकासशील जीवनशैली र निश्चित शक्ति रहेको क्षेत्रहरुमध्ये एक हो तर यसले असामान्य आर्थिक विकास, सुरक्षा र प्रशासनका मुद्दाहरू जस्तै चुनौतीहरूको सामना पनि गरिरहेको छ,” राष्ट्रपति सीले बताए  ।

 

राष्ट्रपति सीले भने, “सन् २०१५देखि एशियाली मुलुकले सहयोगको विचार र सहयोग अनुभव आदानप्रदान गरिरहेको तर सम्बन्धित पक्षहरुसँग एशिया पारस्परिक सहयोग तथा विश्वासको प्रक्रियालाई अझ अघि बढाउन पहल गरिनुपर्ने देखिएको छ ।”

 

एशियाली मुलुकले संयुक्त, मैत्रीपूर्ण,सहयोगात्मक र दीगो भन्ने नयाँ सुरक्षा अवधारणालाई व्यवहारमा उतार्नुपर्ने पनि सीले उक्त अवसरमा बताए  । 

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँगको मैत्रीपूर्ण सहयोग बढाएर सम्बद्ध मुलुकसँगको भौगोलिक सार्वभौतिकता र समुद्री अधिकार विवादको शान्तिपूर्णरूपमा समाधान गर्ने र वार्ता तथा सल्लाह गरी क्षेत्रीय मुद्दामा समाधान खोज्ने बताए  । 
–––

प्रतिकृया दिनुहोस