• शनिबार-बैशाख-८-२०८१

मोडलिङमा करियर खोजिरहेकी केलिनालाई सचिनको साथ

काठमाडाैं – केलिना गुरुङ नेपाली मोडलिङ क्षेत्रमा नयाँ नाम हो । उनी सानै उमेरदेखि नै मोडलिङमा आफ्नो करियर अघि बढाउने सोचमा हिँडिरहेकी छिन् । 

सबैको आ–आफ्नै चाहना हुन्छ, इच्छा हुन्छ । केलिना पनि म्युजिक, भिडियोमा भन्दा पनि 'र्‍याम्प शो' हरुमा हिँड्न र प्रस्तुति दिन मन पराउँछिन् । 

भनिन्छ, मानिसलाई जिन्दगीमा कसै न कसैको सहयोग र साथ आवश्यकता पर्दछ । मोडलिङमा नै आफ्नो भविष्य देखेकी केलिनालाई आश म्युजिक कम्पनीका सञ्चालक तथा म्युजिक भिडियो निर्देशक सचिन थापाले सहयोग गरिरहेका छन् । 

सचिनकै सहयोगमा केलिनाले आफ्ना सबै कुरालाई विस्थापित गर्दै मोडलिङ करियारलाई सन्तुलन गरेर अघि बढाउने सोचमा छिन् । केलिनाको मोडलिङ करियरमा परिवारले पनि साथ दिँदै आएका छन् ।  

 

 

सचिनको परिचय यतिमा मात्रै सीमित छैन । उनी कुशल छायाँकार, गीतकार, गायक र कम्पोजर पनि हुन् ।  

 

 

प्रतिकृया दिनुहोस