• शुक्रबार-बैशाख-७-२०८१

घामबाट बच्न गोलभेंडा खाऔं

 

भन्ने गरिन्छ टमाटर खाइयो भने गाला पनि रातो हुन्छ । यस्तै विषयवस्तुलाई पर्दाबाट हटाउनका लागि वैज्ञानिकहरूले यस्तो शोध अनुसन्धान गरेका छन् जसले छालामा टमाटरको असरबारे खुलस्त पारिएको छ । वैज्ञानिकहरूले टमाटरको प्रयोगले छालामा सूर्यको किरणबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा शोधमार्फत प्रकाशित गरेका हुन् । बेलायतको न्यूक्यासल र मेनचेष्टर विश्वविद्यालका अनुसन्धानकर्ताहरूले दैनिक ५ वटा सम्म टमाटर सेवन गर्न सकेमा तेज सूर्यको किरणबाट बच्न सकिने साथसाथै छिट्टै वृद्ध जस्तो देखिनबाट बचिने कुराहरू शोधमा उल्लेख गरेका छन् । 

 


अनुसन्धातकर्ताहरूका अनुसार सूर्यको किरणबाट निस्कने परावैजनी किरणले अतिरिक्त अणुहरूको उत्पादन हुने हुँदा जसलाई रियाक्टिभ अक्सिजन सस्पिसस्  भनिन्छ र यसले छालाहरूमा एकदमै नोक्सान पु¥याउँदछ । तर, टमाटरमा पाइने लिकोपेनी तत्वले यस्ता परावैजनी किरणको प्रतिक्रिया र असरलाई शून्य बनाई सँधै छालामा चमक ल्याउन मद्दत गर्दछ । 

प्रतिकृया दिनुहोस