🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी सक्रिय

मुग्लिन, २९ जेठ : गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य  भएको  बताएका  छन्  ।

 
चितवनको इच्छाकामना– ४ कुरिनटारस्थित त्रिशूली नदीमा भएको उद्धारको नमूना प्रदर्शनको क्रममा आज गृहमन्त्री थापाले उक्त धारणा व्यक्त गरे  । 

    
गृहमन्त्री  थापाले भने , “आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा रातदिन नभनी खटिरहनु भएको छ, तपाईहरुप्रति सिङ्गो देश नै गौरवान्वित भएको छ ।” 

 त्रिशूली नदीमा ‘विपद् व्यवस्थापन तालीम केन्द्र’ कुरिनटारबाट तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारको नमूना प्रदर्शन गरेका थिए । उनीहरुले भिरमा हुने दुर्घटनामा परेका व्यक्ति, पानीमा डुबेकाको खोजीमा गोताखोरले गर्ने र ¥याफटिङ पल्टिँदा दुर्घटनामा परेकाको उद्धार गर्ने तरिका प्रदर्शन गरेका थिए । 

    
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो  ।  सशस्त्र प्रहरी बलले झण्डै ११ रोपनी क्षेत्रफलमा केन्द्र स्थापना गरी उद्धार गर्ने व्यक्तिलाई तालीम दिँदै आइरहको छ । विशेष गरी केन्द्रबाट आगलागी, भूकम्प, बाढीपहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिने गरिएको छ । 

    
गृहमन्त्री थापाले त्यहाँ रहेको ट्रमा सेन्टरको पनि अवलोकन गरेका  थिए । कूल २५ श्याको ट्रमा सेन्टर अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी सो सेन्टर निर्माण गरिएको हो ।  (रासस)