• बुधबार-बैशाख-१२-२०८१

सैनिक अस्पताल र स्कूलको मनपरी कसले हेर्ने ? 

श्रीमान सम्पादकज्यू, साँघु साप्ताहिक 

 

 नेपाली सेनाभित्रका बेथितीहरू बरोबर प्रकाशित गरेर संगठनको सुधारका लागि निरन्तर सहयोग गरिदिनु भएकोमा धन्यवाद । यो पटक निम्न अनुसारका भद्रगोलका खबरहरू प्रकाशन गिरिदिनुहुन विनम्र अनुरोध गरेका छौं । 

 


१.नेपाली सेनाको भक्तपुर सल्लाघारीस्थित सैनिक स्कूलमा प्रिन्सिपल, सम्पर्क अधिकृत कर्नेल र हाउस मास्टरहरूले हेलचेक्र्याई र आम्दानी गर्ने प्रवृत्तिबाट स्कूलको शैक्षिकस्तर नराम्रोसँग खस्केको व्यहोरा प्रधानसेनापतिज्यू एवम् जंगी अड्डालाई जानकारी भएकै छ । विगतमा त्यही स्कूल हो जसले नेपालका नाम चलेका स्कूलहरूलाइृ माथ गर्दै आम नागरिकहरूको पहिलो शैक्षिक गन्तव्य हुने गरेको थियो । हामी गैरसैनिक अभिभावकहरूले मासिक १५ हजार रुपैयाँ तिरेर हाम्रा बच्चाहरू पढाएका छौं । तर कक्षा ७, ८ र ९ का करीब ६० प्रतिशत विद्यार्थीहरू गणित, विज्ञान र सामाजिकमा फेल भएर पुन परीक्षा लिएर कक्षा चढाइयो । विद्यार्थीको पढाईमा किन ध्यान नदिने अनि पुन परीक्षा लिने, यो कस्तो चलन हो ? 

 


२. हामीले पैसा तिरे बमोजिमको हाम्रो बच्चाहरूको पढाई राम्रो हुनुप¥यो । बच्चाहरूको पढाइका लागि चाहिने आवश्यक सामानहरूमा जति खर्च गर्न पनि हामी राजी छौं । पढाइको स्तर राम्रो हुनुप¥यो । बच्चाहरूलाई ट्यूशन दिनु प¥यो । कुन विद्यार्थीको स्तर कस्तो छ सोही बमोजिम होमवर्क दिनुप¥यो, काउन्सिलिङ गर्नुप¥यो, बेलुकाको समयमा विद्यालय भित्र हुने अनैतिक काम रोक्नु प¥यो, प्रिन्सिपल, कर्सा’बले, हाउस मास्टर अन्य सम्बन्धित सबैले चासो दिनु प¥यो, खाली सरकारी भवनमा बस्ने, सरकारी गाडीमा चढ्ने अनि तलब खाएर तपाईहरूको जिम्मेवारी पूरा हुँदैन । नूनको सोझो गर्नुस् तपाईहरूले । तपाईहरूले राम्रो काम नगर्ने, हामी अभिभावकलाई पेल्ने अनि सेनापतिको बद्नाम गर्ने ? काम गर्न सक्नुहुन्न भने अरु आउँछन्, छाड्नुस् ।

 


३. सल्लाघारीका प्रिन्सिपल र कर्सा’बले सुन्नोस्, विद्यार्थीहरू रातको ९ बजे शौचालयमा गएर त्यहाँ राखेको ठर्रा पिउँछन्, चुरोट गाँजा खान्छन्, झगडा गर्छन, तर तिनले आफ्नो कोठामा पढेका छन् कि छैनन् भन्ने कसैले चेक गर्दैन । तपाईहरूलाई सेनाले त्यहाँ के गर्न खटाएको हो ? तपाईहरूलाई थाहा छ कि छैन ? तपाईहरूले प्रधानसेनापतिसँग कसरी मुख देखाउनुहुन्छ यो चालाले ? 

 


४. त्यसैगरी छाउनेस्थित सैनिक अस्पतालमा भैरहेको बेथितीको बारेमा पनि प्रकाश पार्न चाहन्छौं । सैनिक अस्पतालको दरबन्दी करीब १३ सय जना छ । तर, कुनै विभागमा जाँदा पनि काम समयमा हुँदैन किन ? बिरामीको चबाप बढी छ तर फलामे अनुशासनमा रहनुपर्ने सैनिक डाक्टरहरू ओपिडीमा ढिलो आउँछन् अनि छिटो आफ्नो क्लिनिकतिर दौडिन्छन् । बिरामीलाई सेवा दिने उपकरणहरू जस्तै लिथोट्रिप्सी, एमआरआई, एक्स रे इत्यादिको सानो पार्टपूर्जा बिग्रदा पनि अस्पतालका कमाण्डर जर्नेललाई कुनै वास्ता हुँदैन । प्रशासनले यस्तो उपकरण बिग्रयो भन्दा माग फारम भरेर मर्मत गर्दा विरामीहरू कोही सिकिस्तै हुन्छन्, कोही परलोक भैसकेका हुन्छन् ।

 


५.सैनिक अस्पतालमा कतिसम्म हेलचक्र्याई हुन्छ भन्ने सिपाहीका श्रीमतीको पाठेघरमा क्यान्सर भई पाठेघरको अपरेशन गरेपछि रेडियो थेरापी वा किमो थेरापी दिँदैनन्, बिचारी ती पीडित सैनिक श्रीमतीको अपरेशनको २ महिना पछि मृत्यु भयो । पाँचथरको ब्यारेकको सिपाहीलाई टीबी रोग लागेर रगत छादिरहेको छ, तर उसलाई टीबीको परीक्षण नगरिकन नेपाली सेनाका डाक्टरहरू रुघाखोकी खोकीको ओखति दिएर मर्न बाध्य बनाउँछन् । धन्न बिरामीले टिचिङ अस्पतालमा चेक गर्न जाँदा टीबी भनेपछि टीबीको ओखति खाएपछि ठीक भयो । त्यसैगरी इन्द्रध्वज गणको एकजना खेलाडी हवल्दार किड्नीको समस्या रहेछ, २ बर्षसम्म रक्तचापको ओखति खुवाएर राखियो । पछि सो बिरामी ग्राण्डी अस्पतालमा चेक गर्दा त दुवै मृगौला फेल भइसकेको रहेछ । बिचराको २ हप्ता अगाडि नै मृत्यु भयो । प्रधानसेनापतिज्यू ! यी सबै घटनाहरूबाट नेपाली सेनाको सैनिक अस्पतालमा कतिसम्म हेलचेक्र्याई हुन्छ भन्ने पुष्टि हुन्छ । 

 


६. सैनिक अस्पतालमा त्यत्रो दरबन्दी छ, तर प्याथोलोजी टेस्टको लागि पुर्जा दिने ठाउँमा केवल दुईजना जवान खटाएको हुन्छ । २ हजार बिरामीको दर्ता गर्न २ जनाले पुग्छ ? टाढा टाढाबाट आउने वृद्ध÷बृद्धा बिरामीहरूको प्याथोलोजी टेस्ट दर्ता गर्न कमसेकम ५ जना हुनुपर्छ, सुनिल सिंहले के हेरिबसेका छन् । भर्खरै २ जना तारे भएका छन् । पैसा कमाउन सेटिङ मिलाएर बस्ने हो कि ? पूर्णचन्द्र थापा चीफसा’बको स्पीड अनुसार, फुर्तिसाथ काम गरेर देखाउने हो ?

 


७ बिरामीहरू भोको पेट दिसापिसाब, रगत टेस्ट गर्न आउँछन्, स्याम्पल दिन्छन्, तर रिपोर्ट फेला पर्दैन । यो कति हदसम्मको लापरवाही हो ? यसको जिम्मेवारी कसले लिने र बद्मासी कसको हो ? अनि प्रशासन प्रमुख इन्फ्यान्ट्री जर्नेल प्रयोग राणा छन् । तर उनले भनेको सुनिल सिंह जर्नेलले मान्दैनन् । प्रयोगले अस्पतालमा सिस्टम बसाल्न खोज्छन्, सुनिल सिंह मान्दैनन् । त्यसैले अस्पताललाई कमाण्ड कन्ट्रोल गर्नका लागि इन्फ्यान्ट्रीको २ तारे जर्नेल हुन आवश्यक छ, चीफसा’ब । अस्पताललाई डाक्टरले हैन इन्फ्यान्ट्री जर्नेलको कमाण्ड गर्ने व्यवस्था हुनुपर्छ ।

 

 
८. सैनिक अस्पताल छाउनीमा प्रमुख भवन र भेटेरान अस्पतालबीचको ठूलो भवन बन्दैछ । त्यो भवनको पिलरमा प्रयोग भएको रडको साइज हेर्नुस् सुनिल जर्सा’ब । त्यो रडले ४ तले भवन धान्न सक्छ ? भोलि सैयौं मानिसको एउटै चिहान भयो भने ? कसको कुकृत्य हो यो ? तपाईकै अफिस नजिकै घर निर्माण भएको छ तपाईलाई वास्ता छैन, सुनिल जर्सा’ब  तपाई के गर्दै हुनुहुन्छ ? 

 


९.भर्खरै केशव कार्की कर्नेलको भ्रष्टाचार केसमा जागिर गयो । धन्न रु. ४९ लाख असुलेर अनि जेल चलान गरियो । केशव एउटा सानो मुसा हुन् ठूला धमिराहरू सेनामा कति छन् कति । ठूला धमिराहरू जस्तै राजेन्द्र क्षेत्री, योगेन्द्र खाँण, सम्भारका धमिराहरू, ट्रयाकसुट खरिद गराउने धमिराहरू, कल्याणकारी धमिरा, शिक्षालयका धमिराहरूलाई औषधि हाल्नुप¥यो । त्यस्ता धिमराहरूको निजी स्कूलमा, निजी अस्पतालमा, विभिन्न फ्याक्ट्री आदिमा समेत करोडौं लगानी रहेको छ । प्रधानसेनापतिले मात्रै चाहेर खासै केही हुनेवाला छैन । 

 


१०. सेनाभित्र भ्रष्टाचार मात्रै होइन, बहुविवाह, आफ्ना महिला सैनिकहरूको अस्मिताको हरण गर्ने अनि प्रलोभनमा पारी स्थानीय महिलाहरूमाथि गलत नजर लगाउने जर्नेल, कर्नेलहरू छाडा साँढे जस्ता भएर हिंडेका छन् । तिनै छाडा साँढेहरू जस्ताले अहिले पनि माल कमाउने राम्रा राम्रा ठाउँमा कमाण्ड सम्हालेर बसेका छन् । के त्यस्ता छाडाहरूलाई डाम्न उजुरी नै हाल्नुपर्छ । चीफसा’ब र सेनालाई थाहा छैन र ? सेनामा जागिर खाएर जर्नेल, कर्नेल भयो भनेर त्यस्ता नेपाली सेनाको बद्नाम गर्ने कलंकहरूलाई कारवाही गरि संगठनलाई निष्कलंक पार्न चीफसा’बलाई कसले रोकेको छ ? संगठनभन्दा ठूलो कोही हुन सक्दैन । पूर्व चीफहरू हुन् कि रथीवृन्द कारवाही गरेर सेनालाई चोख्याउनुप¥यो चीफसा’ब ।                                                                                                                                       –सेनाको भलो चाहने भुक्तभोगी, अधिकृतहरू, नेपाली सेना 

प्रतिकृया दिनुहोस