• शुक्रबार-बैशाख-७-२०८१

तीन करोड हाम पार्न बाझाबाझ   

गुण्स्तरहीन मिशिन खरिद गर्न चलखेल
प्रमुख डा. सुरेन्द्र चौरसिया र अधिकृत गगन विष्ट


काठमाडौं । स्वास्थ्य सेवा विभागमा अस्पतालका लागि आवश्यक मेसिन तथा उपकरणहरू सम्बन्धी खरीदलाई लिएर अनौठो घटना पटाक्षेप भएको रोचक विवरण सा“घुलाई प्राप्त भएको छ । प्राप्त समाचार अनुसार, सो विभाग मातहत रहेको खरीद तथा आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाको कार्यकक्षमा २०७६ जेष्ठ २४ गते बिहान ११ः०० बजेको समयमा एलएमडी आपूर्तिका अधिकृतहरू गगन विष्ट, दीपक अधिकारी, बायोमेडिकल इञ्जिनियर पद्मा मिश्र उपस्थित थिए । यसैबीच १२–१३ जना आपूर्तिकर्ताहरू समेत छलफलका लागि त्यहा“ आएका थिए ।

 

छलफलको विषय थियो, टेन्डर नं. डीओएचएस/जी/आईसीबी–७५।२/एलएमडी÷२०७५/०७६ Procurement of Integrated Biomedical Infectious Waste Treatment System को खरीद प्रक्रिया सम्बन्धमा । त्यहाँ  आपूर्तिकर्ताहरूबीचको मुख्य छलफल र चासोको विषय भनको नै चारवटा कम्पनीका तर्फबाट पेश भएको स्पेसिफिकेसन सम्बन्धमा थियो । उनीहरूले ‘ स्पेकमा षडयन्त्र छ, त्यसैले यो बेठीक छ, एउटै कम्पनीलाई मात्र आधार बना

 

एर तयार भएको स्पेसिफिकेसनले खरीद ‘सेटिङ’मा हु“दैछ भन्ने कुरालाई पुष्टि गर्छ, यसले भ्रष्टाचार गर्न समेत बाटो खोल्छ’ भन्दै विरोध जनाएका थिए ।
स्रोतका अनुसार, यसमा १२–१३ जना आपूर्तिकर्ताहरू सहभागी भएको उक्त छलफलको मुख्यतः जोड के मा थियो भने खरीद तथा आपूर्ति महाशाखाबाट तय भएको स्पेसिफिकेसन गलत छ, हाम्रो नेपालमा विद्यमान भइरहेको Healthcare Waste Management Guideline 2014 अनुसार छैन, सो Guideline ले व्यवस्था गरे अनुसारको फोहोरलाई वर्गीकरण गरेर छुट्ट्याउनु पर्छ, फोहोर छुट्ट्याइसेकपछि माइक्रो ओभनमा पठाउनुपर्छ भन्दै खरीदका लागि अघि बढाइएको प्रक्रिया गलत रहेको भन्दै आफूहरूको असहमति जनाए । साथै उनीहरूले खरीद तथा आपूर्ति महाशाखाले त्यो टेन्डरमा जुन स्पेसिफिकेसन राखेको छ, त्यो फोहोर तथा प्रदूषण व्यवस्थापनका लागि उपयुक्त नभएको र यसमा धाँधली भएको भन्ने जिकिर समेत गरे । 


 सस्तो र अर्को  Guideline विपरीतको मेसिन खरीदको प्रक्रिया अघि बढाएर वातावरणीय दुष्प्रभाव नियन्त्रणमा प्रभावकारी नहुने र यसबाट सरकारको उद्देश्य समेत पूरा नहुने तर्क पेश गरेका थिए । यस्तै खालको मेसिन केही वर्षअघि वीर अस्पताल निकट रहेको ट्रमा सेन्टरले समेत खरीद गरेको थियो तर त्यहा“ पनि विवाद रहेका कारण त्यो मेसिन सञ्चालनमा आउन नसकेको स्रोतको भनाइ छ । 


उल्लिखित तथ्यलाई छलफलमा उपस्थित आपूर्तिकर्ताले जोडदार रूपमा उठाएपछि निर्देशक डा. चौरसिया र आपूर्तिकर्ताबीच चर्काचर्की समेत भएको थियो । स्थिति तनावपूर्ण बनेपछि निर्देशक डा. चौरसिया पनि जङ्गिएका थिए । ‘तिमीहरूले हामीलाई सिकाउने ? हामीले आफ्नो नियम कानून अनुसार गर्ने हो, हामीलाई कसैले सिकाउनु पर्दैन’ भन्दै आपूर्तिकर्ताहरूलाई हकार्ने प्रयास गरेका थिए । तर, सप्लायर्सको तर्फबाट ‘१५ वर्षदेखि अस्पतालका सामग्रीहरू आपूर्ति गरेको अनुभव छ, मलाई राम्रोस“ग थाहा छ, कुन मेसिन गुणस्तरीय हो वा होइन, कति रुपैया“ मूल्य पर्छ, कति टिकाउ र भरपर्दो हुन्छ, वर्षभरिमा झन्डै ५० लाख रुपैयाँ  कर तिर्छु, हामीले तिरेको करको पैसाले भ्रष्टाचार र मोजमस्ती गर्ने ?’ भन्दै प्रतिवाद गरे । त्यसपछि एलएमडी आपूर्तिका अधिकृत गगन विष्ट आपूर्तिकर्ताहरूसंग मुखमुखै लागे र हप्काउने समेत दुष्प्रयास गरे । यी घटनाक्रमपछि प्रमुख डा. चौरसिया भने नाजवाफ भएको स्रोतको भनाइ छ ।

 

यता आपूर्तिकर्ताहरू भने यतिमै सीमित भएनन् । उनीहरूले ‘यदि यहा“बाट न्याय नपाए, सेटिङ मिलाएर एउटा कम्पनीका लागि मात्र मिल्ने गरी बनेको स्पेसिफिकेसनका आधारमा खरीद गरिएको अवस्थामा आपूmहरू न्यायका लागि अन्य निकायमा समेत उजुरी हाल्ने’ चेतावनी दिएका थिए । त्यसपछि तिनै विष्टले जो जहाँ जानुहुन्छ, जानुहोस्, जे गर्नुहुन्छ, गर्नुहोस् भन्दै ठूलठूलो स्वरले थर्काउने दुष्प्रयास गरेका थिए ।

 

यही मेसिन अन्य जिल्लाहरुका लागि समेत खरीद गरेर पठाउने योजनामा स्थानीय रैथाने ठेकेदारका रुपमा रहेका हस्पीटेकका विशाल पण्डित लागिपरेको स्रँेतको दावी छ । विशाल पण्डित को Bertin Waste Management Company रहेको छ । उनले स्वास्थ्य मन्त्रालय र अस्पतालहरुमा प्रयोग हुने सामग्री सम्बन्धी अर्बौं रुपैयाँको कारोबार सेटि¨ र घुसका आधारमा हात पार्दै आएका छन् ठेकेदारका रूपमा विगतदेखि नै वर्चस्व बनाएका छन् ।    

                             
स्रोतका अनुसार, वातावरणीय प्रदूषण नियन्त्रणका दृष्टिले कमजोर रहेको मानिएको सो मेसिन खरीदमा नेपालस्थित विश्व स्वास्थ्य संगठन कार्यालयले समेत चासो रहेको छ । र, ऊ पनि यो मेसिन खरीदको विपक्षमा रहेको छ । अर्कोतर्फ यो मेसिनको खरीदमा कमिसन खाने ठूलो नियत रहेको समेत खुल्न आएको छ । यसको वास्तविक अधिकतम मूल्य ५५ हजार अमेरिकी डलर हो अर्थात् अधिकतम् ६० लाख नेपाली रुपैयाँ । तर टेन्डर आह्वान गर्दा एउटा मेसिनको स्टीमेट मूल्य अभिवृद्धि करबाहेक मूल्य रु. २ करोड रुपैयाँ राखिएको स्रोत   बताउछ । एउटै टेन्डर आह्वान गरेर दुईवटा मेसिन खरीदको प्रक्रिया अघि बढाइएको छ । यसबाट झन्डै तीन करोड रुपैयाँ कमिसन खाने दाउ रहेको पाइएको छ । 

प्रतिकृया दिनुहोस