• शुक्रबार-बैशाख-७-२०८१

‘प्रधानसेनापति  पुरुष भलिबल प्रतियोगिता-२०७६’ को सम्पन्न 

 

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित “प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७६” को  २०७६ जेष्ठ २७ गते प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा  सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष समारोहका बीच समापन भएको छ।

 

 विभागीय तीन टिमसहित सातवटै प्रदेशका एक/एक भलिबल टिम गरी जम्मा दश टिमको सहभागितामा २०७६ जेष्ठ १९ गतेदेखि सञ्‍चालन भएको उक्त प्रतियोगिता अन्तरगत जेठ २७ गते  अपरान्ह नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भलिबल टीम बीच भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबले उक्त प्रदेशलाई ३–१ को सेटमा पराजित गरी प्रथम भएको छ । सर्बप्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई प्रधानसेनापति महारथी  थापाले प्रमाण पत्र, मेडल, ट्रफी र रु.३,००,०००।– (तीनलाख) को चेक प्रदान गरेका थिए।  

 

त्यसैगरी, उक्त समापन समारोहमा द्धितिय तथा तृतिय स्थान हासिल गर्न सफल क्रमशः गण्डकी प्रदेशको भलिबल टिम र नेपाल प्रहरी भलिबल टिमले प्रमाण पत्र, मेडल तथा रु. १,५०,०००।– (एकलाख पचास हजार) र रु. ७५,०००।– (पचहत्तर हजार) को चेक प्राप्त गरेको थियो । 


 
 उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर गण्डकी प्रदेशका याम क्षेत्री, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका हरी बहादुर अधिकारी, उत्कृष्ट लिभ्रो त्रिभुवन आर्मी क्लबका ईश्‍वर थापा, उत्कृष्ट लिफ्टर त्रिभुवन आर्मी क्लबका  दुर्गा प्रसाद महत्तो र उत्कृष्ट सर्भर नेपाल प्रहरीका कुल बहादुर थापाले पुरस्कार स्वरुप जनही रु. १०/१० हजार नगद प्राप्त गरेका थिए।  

 

 

 उक्त प्रतियोगिता भरिकै सर्वोत्कृष्ट खेलाडी तर्फ त्रिभुवन आर्मी क्लबका भैरव बमले १६० सि.सि.को पल्सर मोटरसाईकल प्राप्त गरेका छन् ।  

 

 उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, गोल्छा अर्गनाईजेसनका प्रतिनिधि, विभिन्‍न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस