• शुक्रबार-बैशाख-७-२०८१

पत्रकार ल्याप टप काण्डः ‘समाचार किलगर्ने शर्तमा ल्याप टप लिएको छैन’

शब्दकोश पढेर उपहारको अर्थ बुझे राम्रो


जेठ २८ , २०७६ । उदयपुरः उदयपुरकापत्रकारहरुले समाचार किलनगर्ने शर्तमा ल्यापटप लिएको एक प्रेस विज्ञप्ती जारी गर्दै बताएका छन। जेठ २७ गते सोमबार पूर्व प्रेस चौतारी र प्रेस सन्टर र प्रेस युनियन उदयपुरले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन। 


विज्ञप्तिमा भनिएको छ, ‘खबरदारी गर्नुपर्ने पत्रकारलाई नगरपालिकाले प्रभावमा पार्न खोजेको र आचार संहिता उल्लङ्घन  गर्दै ल्यापटप लिएको होइन। प्रेस चौतारी उदयपुरका अध्यक्ष गणेश उप्रेती, प्रेस युनियनका अध्यक्ष पशुराम थापा र प्रेस सेन्टर उदयपुरका अध्यक्ष तुलसी प्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा  भनिएको छ, ‘प्रेस काउन्सिलले बाँड्ने प्रविधिगत सुविधाको बारेमा पत्रकार साथीहरु जानकार छैनन ? त्यस्तो सुविधा उपभोग गर्ने सबै सरकारका ल्याप डग भएका छन त ? लोककल्याणकारी विज्ञापन प्राप्त गर्नेहरु सबै ल्याप डग हुन त ?


गएको वैशाख त्रियुगा नगरपालिकाले पत्रकारलाई प्रविधि हस्तान्तरण कार्यक्रममार्फत ल्यापटप वितरण गरेको थियो । जुन पत्रकारले ल्यापटप लिए भन्ने समाचार विभिन्न अनलाईनहरुमा जेठ महिनाको अन्तिम सातामा प्रशासन प्रशारण भएपछि सामाजिक सञ्जालमा विभिन्न टिक्काटिप्पणी भएको थियो।

 

त्यसैको जवाफदिँदै  सार्वजानिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आचर संहिताको दफा ५ को उपदफा १३ अनुसार ‘पत्रकार तथा सञ्चार माध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकुल प्रभाव पार्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक, प्रतिष्ठान, संघ सँस्था, वा व्यत्तिगतबाट कुनै पनिप्रकारका पुरस्कार, उपहार, वा सम्मान, वा विशेष सुविधा लिनुहुँदैन।’


यो कुरा सबैले मान्नै पर्छ। हामी सबै यसैमा अडिग छौं। बजेट मैं व्यवस्था गरी क्रमागत कार्यक्रम अन्तर्गत व्यवस्थित गरिएका कार्यक्रमहरुलाई यस्तो श्रेणीमा राख्न सकिन्छ ? त्यस्तो हो भने पत्रकार महासंघले पाउने अनुदान, सञ्चार संस्थाहरुले सँचार उपकरण, कागतलगायतका सामग्री आयातगर्दा पाउने छुट पाउने जति सबै ल्या पडगै हुने भए होइन र ?


यसैगरी विज्ञप्तिमै भनिएको छ, हिमाल आरोहण, विदेश भ्रमण, कार्यक्रमहरुमा लिइने चन्दा सहयोग, कार्यक्रममा बाँडिने प्रायोजकका सामग्रीलगायतका चिजविजलाई के भन्ने ? उपहार वा दानवा सम्मान वा समाचार किलगर्ने सर्तमा लिइएको चिज ? मोफसलको पीडा नबुझ्ने गरी दुई महिना अघिको बासी समाचारलाई अहिले उठान गर्नु पछिको नियत के ?

 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरुको गुणगान गाउँदै भत्ता पचाउन हिड्ने पत्रकारलाई चैं के भन्ने ? प्रश्न धेरै छन्। मै हुँ भन्ने पत्रकारहरु एजेन्सी चलाएर जिल्ला/जिल्लामा भिडियो डकुमेन्ट्री निर्माण गर्न हिड्दा चैं पत्रकार आचारसंहिता उल्लङ्घन  हुने किन हुने ?


तसर्थ पालिकाहरुले पत्रकारिताको विकास र प्रबर्ध्दंनका लागि विभिन्न शीर्षकमा छुट्याएको रकम उपहार ठान्ने भूल नगर्दा राम्रो हुन्छ। कसमेकम राजकीय प्रज्ञा प्रतिष्ठानको शब्दकोश पढेर उपहारको अर्थ बुझे राम्रो हुने थियो।

 


उदयपुरमा मात्रै होइन देशै भरीका पालिका, महानगरहरुमा पत्रकारिता क्षेत्रको महत्व बुझेर पत्रकारिताको विकास र प्रबर्ध्दंनका लागि बजेट छुट्याउने गरिएको छ। उदयपुरको त्रियुगा नगरपालिकाले २०५४ सालदेखिनैं विभिन्न शीर्षकमा पत्रकारिताको विकासको लागि बजेट छु्ट्याउने चलनको निरन्तरता मात्रै हो यो।

 

गत आर्थिक बर्षमैं पत्रकारिता क्षेत्रको विकास र प्रबर्ध्दंनका लागि २४ लाख रुपैया विनियोजित बजेट कार्यविधिको अभाव र व्यवहारिक कार्यान्वयनमा देखिएको कठिनाइका कारणत्यतिकै फ्रिज हुन पुगेको थियो। र, यस आर्थिक वर्षमा भवन निर्माणको लागि करिब १२ लाख र प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत ल्याप टप वितरण गर्ने गरी १२ लाख रुपैया बजेट पुनःविनियोजन गरेको थियो। 


पारदर्शी रुपमैं बजेटको व्यवस्था गरेर पत्रकारहरुले प्राप्त गरेको ल्यापटपलाई कसरी गलत ढंगले लिन सकिन्छ र ? त्यसो भए अर्को एक प्रश्न पनि उठाउन सकिन्छ के त्यसो भएपत्रकारले धम्साएर लिएको भएवा टेवुलमुनिबाट लिएको भए वा समाचार किलगर्ने सर्तमा लिएको  चलन चैं उत्तम हो त ? विज्ञप्तिमा प्रश्न समेत गरिएको छ।

 
उदयपुरको त्रियुगा नगरपालिकाले २७ जना क्रियाशिल पत्रकारलाई ‘प्रविधि हस्तान्तरण’ भन्दै ल्याप टप वितरण गरेको थियो। 


एक कार्यक्रमकाबीच मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेको एक महिनापछि पत्रकारलाई ल्यापटप उपहार भन्ने समाचार प्रकाशित / प्रशारण भएको थियो। 


उक्त ल्यापटपको मूल्य ४२ हजार ५ सय रुपैयाँ रहेको छ। प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो।

प्रतिकृया दिनुहोस