• बिहीबार-चैत-१५-२०८०

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ


इस्लामावाद, २७ जेठ (रासस÷एएफपी) : पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई जेठ २७ गते सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

 

उनले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका  छन् । हत्या गरिएका पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका  थिए ।

 

उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उनका समर्थकहरुबीचमा केहीबेर सानो खालको झडप समेत भएको थियो । उनी  पाकिस्तान पिपल्स पार्टीका नेता हुन् ।

 

पटक पटक विवादित बन्दै आएका जर्दारीलाई यसअघि भ्रष्टाचार सम्वन्धी मुद्दाकै विषयमा ११ बर्षको जेल सजाय सुनाइएको थियो । 

 

पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सात बर्षे जेल सजाय भोगिरहेका  छन् । 
 

प्रतिकृया दिनुहोस