• शुक्रबार-बैशाख-७-२०८१

प्राइम बैंकले दियो १६ प्रतिशत वोनस सेयर

 

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आज आफ्नो  शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने निर्णय गर्दै एघारौं बार्षिक साधारण सभा २०७६ जेठ २६ गते सम्पन्न गरेको छ ।

 

 
बैंकको जेठ २६ गते सम्पन्न साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समूहमा  उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

 

यसैगरी, साधारण शेयर धनीको समूहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई  निर्विरोध निर्वाचित गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताएका छन् ।   

प्रतिकृया दिनुहोस