• शुक्रबार-चैत-१६-२०८०

प्राइम बैंक र ललितपुर फाइनान्सबीच सहमति 


काठमाडौं । कमलपोखरी काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.५, लगनखेलस्थित केन्द्रीय कार्यालय रहेको “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा २०७६ जेठ २५ गते एक समारोहकाबीच सहमतिपत्रमा हस्ताक्षर गरेको छ । 


सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दीपक महर्जनले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । 


कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ । 


नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस